कञ्चनपुर, मंसिर २५ गते । सप्तरीको कंचनरुप नगरपालिका वडा नं –४ कविलाशामा विभिन्न पार्टी परित्याग गरि जसपा नेपालमा बृहत् पार्टी प्रवेश गरेका छन ।
वडा नं ४ का नेपाली कांग्रेसका नेता तथा वडा अध्यक्ष प्रत्यासी जोगेन्द्र पासवानको नेतृत्वमा ४३० जना जसपा पार्टी प्रवेश गरेका हुन । प्रदेश नं २ का सामाजिक विकास मन्त्री नवलकिशोर साहको प्रमुख आतिथ्य र प्रतिनिधि सभा सदस्य डा. सुर्यनारायण यादवको विशिष्ट आथित्यमा सम्पन्न कार्यक्रममा जसपा केन्द्रीय सदस्य जगदेव यादव,कल्पना चौधरी,विकास तिवारी,प्रदेश सदस्य भुपेन्द्र चौधरी ,जसपा कंचनरुप न.पा. जसपा अध्यक्ष सुदम्वर यादव,उपाध्यक्ष कल्पना चौधरी,सचिव चितरन्जन यादव लगायतको सहभागीता रहेको थियो ।
कार्यक्रममा नेपाली काग्रेसका सक्रिय सदस्य लक्ष्मण पासवान,कञ्चनरुप नपा ४का नारायण साह,रासलाल ठाकुर,विजय साह,रामचन्द्र साह,सुमिन्द्रादेवी मुखिया, कलरदेवी परियार,प्रभुनारायण साह,कुश्मी विश्वकर्मा लगायत ५० जना,कविलाशा चौधरी टोलका कविता चौधरी,अनिता चौधरी,गिता चौधरी लगायत ५५ जना पार्टी प्रवेश गरेका छन् । त्यसैगरि धनकट्टा राजा राम मुखिया,भोला मुखिया,भागवत मुखिया,उमेश मुखिया,सरतिादेवी मल्लाह,गिता मुखिया,चन्द्रकला मुखिया,सरितादेवी मुखिया,सितादेवी मल्लाह,बुुनिता मुखिया,गुल्टेन मुखिया लगायत बेचन मल्लाह लगायत ६० जनाले पार्टी प्रवेश गरेका छन् ।
कञ्चनरुप नगरपालिका–४का अघिल्लो चुनावमा वडाअध्यक्षका प्रत्यासी उम्मेदबार जोगेन्द्र पासवान २३ गते नै पार्टी प्रवेश गरेका थिए । गाउँका पाँच दर्जनभन्दा बढी व्यक्तिहरुकाबीचमा पार्टी प्रवेश गरेका पासवानले पार्टी प्रवेश कार्यक्रममा आउनलाई वडाभरी सर्वसाधरणलाई खबर गरेको काग्रेसको क्रियाशील सदस्य रधियादेवी खंगले बताइन् । उनले भनिन,‘ शुक्रबार विहानै जोगेन्द्र पासवानले गाउँमा आएर सबैलाई जसपा पार्टी प्रवेश गरेको र शनिबारको कार्यक्रममा उपस्थित आउन आग्रह गर्नुभएको हो ।’
पार्टी प्रवेश कार्यक्रममा भने जोगेन्द्र पासवान उपस्थित थिएन । पासवानले आफनो फेसबुकपेज मार्फत आफु काग्रेसमै रहेको जनाएका छन् । विहान एउटा पार्टी र बेलुका अर्को पार्टीको भन्दै जनतामा गएपछि पासवानको चर्को आलोचना भइरहेका छन् ।
प्रतिक्रिया