कञ्चनरुप १० बदगामामा साउनको झरीमा ९० लाख ८५ हजारमा निमार्ण भएको सडकको भुक्तानी नहुदैँ जीर्ण

  • मंसिर २७, २0७८
  • 0
...

राजकुमार साह
कञ्चनपुर, मंसिर २६ गते । सप्तरीको कञ्चनरूप नगरपालिका वडा नं. १० भोडहा जाने बाटो  निर्माण भएको भुक्तानी नहुदै जीर्ण बनेको छ । जीर्ण सडकमा दैनिक दुर्घटना भइरहेको छ । 

‘निमार्ण भएको रोड (सडक) नेपाल अधिराज्यमै गुणस्तरीयतामा एक नम्बरमा पर्छ ।’  सडक निमार्णमा भएको लापारवाहीप्रति  ब्यङग गर्दे कञ्चनरुप –१०का वडा अध्यक्ष दिलिप चौधरीले भने,‘ यथाअवस्थामा पालिकाले उक्त सडकको भुत्तानी गरेमा म स्वंयम अख्तियारमा मुद्दा गर्छु ।’

गएको आर्थिक बर्ष २०७७÷७८ बजेट असार मसान्तको झरिबर्षमा ठेकेदारले बजेट र्फिज हुने नाममा सडक निर्माण कार्य गरेको थियो । वडाअध्यक्ष चौधरीका अनुसार साउनको झरीमा निर्माण कार्य गरेको कारण केहिदिनमै सडक भत्किन सुरु भएपनि हाल सो सडक जीर्ण भएकोले प्रत्येकदिन साईकल ,मोटरसाईकलबाला लडेर घाईते भईरहेका छन् ।

ठेक्केदारले गुणस्तरहीन निर्माण गरेको उक्त सडकको बिषयमा पटक पटक कार्यपालिकाको बैठकमा मेयर समेतलाई जनकारी गराउनुको साथै सडक मर्मत नगरी ठेकेदारलाई भुत्तानी दिएमा आफू बाध्य भएर अख्तियारमा मुद्दा समेत गर्न पछाडी नपर्ने वडाअध्यक्ष चौधरीले बताए ।
 १३ सय मिटर निर्माण भएको सडकमा ५ मिटरपनि गुणस्तर नहुँदा स्थानीयको जनगुनासो बढदै गईरहेको समेत चौधरीले बताए । पालिकाको योजना शाखाका अनुसार आयोजनाको नाम चन्द्रनहरदेखि भोडहा हुँदै कोशी टटबन्धसम्म कालो पत्रे सडक निर्माण गर्नु पर्ने हो ।

सडक निर्माण कार्यको लागि कुल १ करोड ७२ लाख बजेटमा ८६ लाख पालिकाले र ८६ लाख समुपरक अनुदनले दिएकोमा ठेका प्रकिर्याबाट पि.वि.एण्ड एस इन्जीनयरिङ कन्सलटेन्सी एण्ड कन्ट्रकसन कञ्चनपुर सप्तरीले ९० लाख ८५ हजार ६ सय ९३ रूपैयाँ ५९ पैसामा उक्त आयोजना निर्माण कार्यको लागि ठेकापट्टा गरिएको थियो ।

वडा नं. १० का सडकसंग लभावित हुने स्थानीय मध्ये रेशमलाल यादवका अनुसार सडक निर्माणको बेला गुणस्तरको बारेमा ठेकेदार वडा नं. ८ का डम्बर रोहिता (यादव) लाई पटक पटक भन्दा ठेकेदारले यो नयाँ मोडेलको रोड बनिरहेको सुनाउथे ।

अर्को स्थानीय रामचन्द्र खंगका अनुसार पालिका र ठेकेदारले निर्माण गरेको नयाँ मोडेलको सडकमा हामी सधारण नागरीक पीडा भोग्न बाध्य रहेको बताए । यता ठेकेदार डम्बर यादवका अनुसार ओटासिल (डब्बलकोट) सडक (रोड) यस्तै हुन्छ बताए । सडक बनाएको केहि दिनमै भत्किन लागेको सन्दर्भमा यादवले भने,‘कुन सडक बिर्गिदैन ।’

पालिकाका प्रशासनिक अधिकृत नवराज खड्कासंग उक्त निर्माण सडकको सन्दर्भमा बुझदा आफू सडकको निरक्षण नगरेको तर समय मिलाएर निरक्षण गर्ने बताउदै पालिकाले ठेकेदारको भुक्तानी नगरेको बताए ।

चाडैँ ठेकेदारलाई सडकमा भएको गिटि सफा गर्न जानकारी गराउने समेत अधिकृत खड्काले बताए । अनुदान सम्बन्धि कार्याविधि २०७५ बमोजिम कुनै पूर्वधार निर्माण सम्बन्धी आयोजना÷कार्यक्रमको काम सम्पन्न भएको तर त्रुटि सच्याउने अवधि (डिफेक्ट लायबिलिटि पिरियड) वा निश्च अविधि पूरा नहुँदै कामको गुणस्तरमा हृास आएको पाइएमा मन्त्रलायले सोको छानविन गरी सम्बन्धित पक्षलाइ आवश्यक मर्मत संभार वा सुधारको लागि निर्देशनको पालना गर्नु सम्बन्धित प्रदेश वा स्थानीय तहको कर्तव्य हुने उल्लेख छन् ।

प्रतिक्रिया