चार बर्ष बित्दा समेत कञ्चनरूप नपाले सुरक्षित सडक संग सम्बन्धि निर्णय कार्यान्वयन गरेन

  • मंसिर २९, २0७८
  • 0
...

राजकुमार साह
कञ्चनपुर, मंसिर २८ गते ।
सुरक्षित सडक संगसम्बन्धि व्यवस्थापन कार्य स्थानीय सरकारको दायित्व भएपनि कञ्चनरुप नगरपालिकाले वितेको चार बर्षमा कुनै ठोस काम गर्न सकेको छैन ।

कञ्चनरुप नगरपालिकाले सडकको दायाबाँया २५ मिटर खाली गर्न र छाडा पशु चौपाया नियन्त्रण गर्न पटक पटक सूचना जारी गरेपनि एक पटक पनि उक्त सूचना कार्यान्वयन गर्न सकेको छैन । ‘दुर्घटना घटाउ, मान्छे बचाऔ,सुरक्षित यात्रा हाम्रो चाहाना’ नारा सहित जिल्ला ट्राफिक प्रहरी कार्यालय शम्भुनाथ सप्तरीको अनुरोधमा अस्थाई ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरले इलका प्रहरी कार्यालय कञ्चनपुरमा आयोजना गरिएको कार्यक्रममा उक्त कुरा उठेको छ ।

कञ्चनरुप नगरपालिकाले  सुरक्षित सडक संगसम्बन्धि व्यवस्थापन कार्य गर्न पटक पटक  निर्णय गर्दा समेत उक्त निर्णय कार्यान्वयन नभएकोले समस्या भएको पालिकाका प्रवक्ता समेत रहेका वडा नं. ८ का वडा अध्यक्ष राजकुमार साहले बताएको छ ।

सवारी दुर्घटना न्युनिकरुणको लागि वर्तमान  कानुन, नियमसंग गर्नु पर्ने कामलाई कार्यनवयन गर्न पालिकाको तर्फबाट प्रतिबद्धता समेत वडाअध्यक्ष साहले गरेका छन् । सडक छेउमा बालुवा, गिटि थुपारेर राखेर साङगुरो हुँदा सडक दुर्घटना हुनु एक कारण रहेको स्थानीय ऐमालेको नेता लक्ष्मी मण्डलले बताए ।

ट्राफिक प्रहरी सहायक निरिक्षक टेकबहादुर बस्नेत (असइ)ले सबै जिम्मेबारी ट्राफिक प्रहरीले मात्र गरेर दुर्घटना न्युनिकरण नहुने बताए । उनले भने,‘ट्राफिक भनेको सबै नागरिक हुन । प्रहरी मात्र होइन यो एउटा रुल हो ती रुल सबैजनालाई बुझिदिन अनुरोध गर्छु ।’

सवारी दुर्घटना लगातार बढिरहेको हुँदा दुर्घटना न्युनिकरण गर्नको लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय शम्भुनाथ सप्तरीको अनुरोधमा अस्थाई ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरले सप्ताहिक सचेतना कार्यक्रमको सोमबारबाट संचालन गरे पनि बिधिवत रूपमा ईलाका प्रहरी कार्यालय कञ्चनपुरमा एक कार्यक्रम गरेर मंगलवारबाट शुरु गरेको छ ।

उक्त कार्यक्रममा नगर प्रमुख बस्नत कुमार मिश्रले बुधवार हुने कार्यपालिकाको बैठकमा सवारी दुर्घटना न्युनिकरण सन्दर्भमा सहयोग गर्नको लागि छलफल चलाउने बताए । नगरप्रमुख मिश्रले उक्त बैठकमा प्रहरी प्रमुख डिएसपी रामकुमार यादव र ट्राफिक प्रहरी प्रमुख समेतलाई सहभागि भईदिन अनुरोध गरेको छ । कार्यक्रममामा सहभागिहरूलाई इप्रकाका इन्सपेक्टर रमेशकुमार तिमिलसिनाले स्वागत गरेका थिए । वडा नं. १ का वडा अध्यक्ष करिम शेख, वडा नं. २ का वडा अध्यक्ष मेहदीहुसेन, वडा नं. १० का दिलिप चौधरी, १२ का देविवहादुर खत्रीको उपस्थीति थियो । त्यस्तै बिभिन्न पार्टीका नगर संयोजकको उपस्थिति थियो  । व्यपारी, यतायात, सहकारी संस्था , टेम्पु संघका प्रतिनिधि , समाजसेवि र पत्रकारहरुको समेत उपस्थिति थियो । कार्यक्रमको संचालन वडा नं. ८ का वडा सदस्य संजय पासवानले गरेको थियो भने कार्यक्रमको अध्यक्षता इलका प्रहरी कञ्चनपुरका प्रहरी प्रमुख डिएसपी रामकुमार यादवले गरेको थियो ।

प्रतिक्रिया