किशोरकुमार पासवान
कञ्चनपुर, मंसिर २८गते । कञ्चनरुप नगरपालिकाको फोहर फयाक्ने सेप्mटी टयांक हुदा हुदै सार्वजनिक शौचालयको ढल भरीएर तीन महिनादेखी तालाबन्दी गरिएको छ ।
सेफ्टी टंयाक भरेका कारणले शौचालयमा तालाबन्दी गरिएको पनि तीन महिना वितेको छ । कञ्चनरुप नगरपालिका ८ स्थित कञ्चनपुर बजारमा रहेको उक्त शौचालय संचालनबारे पटक पटक वडा कार्यालय र नगरपालिकालाई जानकारी गराउँदा समेत कुनै सुनावाई नभएको बजारबासीहरुको गुनसो रहेका छन् ।
उक्त शौचालय बन्द भएपनि बजारमा आउने ग्राहक र घरभाडामा लिएर। व्यपार गर्ने स्थानीय ब्यापारीहरुलाई समेत समस्या हुने गरेका छन् । ‘ पटक पटक ढल भरिएर चुहिन लाग्दा त्यसलाई राम्रो संग मर्मत गर्दा नगरपालिकालाई के जान्छ ? स्थानीय एक ब्यापारीले भने,‘ नगरपालिकालाई पटक पटक भन्न जादा कुनै वास्ता गरेको छैन ।’ ‘सार्वजनिक शौचालय सफा गर्न आउदैन तर व्यक्तिगत शौचालय सफा गर्न पैसा तिरेपछि तुरुन्तै आउछ ।’ स्थानीय राजेन्द्र साहले भने,‘ सार्वजनिक शौचालयमा जबसम्म एउटा स्टाप राख्दैन,शौचालय व्यवस्थित हुदैन ।’
कञ्चनरुप नगरपालिकाका नगर प्रमुख बसन्त कुमारले फोहरलाई व्यवस्थित गर्न समस्या रहेको बताए । उनले भने,‘कतै कसैले प्mयालन दिदैँन । फोहर फ्यालने टयाङ्करका चालकलाई भोली ढल सफा गर्न लगाउँछु ।’
प्रतिक्रिया