मंसिर २९,जनकपुरधाम। संघिय शहरी विकास मन्त्रालयको सहयोगमा मुजेलिया,धनुषामा निर्माण हुन लागेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला तथा प्रदेश स्वास्थ्य आपुर्ती व्यवस्थापन केन्द्रको मेडिकल स्टोरको शिलान्यास संघिय शहरी विकास मन्त्री रामकुमारी झाक्री,प्रदेश २ का मुख्यमन्त्री लालवावु राउत,सामाजिक विकास मन्त्री नवलकिशोर साहले आज संयुक्तरूपमा गरेका छन।
७ करोड २७ लाखमा वन्न लागेको जनस्वास्थ्य प्रयोगशालाको भवन तथा ४ करोड ४९ लाखमा वन्न लागेको मेडिकल स्टोर अवको १८ महिनापछि तयार हुने छ।त्यसैगरी ४०/४०हजार लिटर क्षमता भएको वाकिङ कुलर सहितको रेफ्रीजेरेटर सहितको भवनको उदघाटन समेत गरेका हुन।
प्रतिक्रिया