कञ्चनपुर,असार 30 गते । एक सय रुपैया पर्ने आँपको विरुवा नर्सरीमै आफै गएर खरीद गरी शुसानको डङ्का पिट्ने कञ्चनरुप नगरपालिकाका नगरप्रमुख वसन्तकुमार मिश्रले आर्थिक वर्ष २०७५/०७६मा १२ जना वडाअध्यक्ष र ५ जना कर्मचारीहरुका लागि ३२ लाखभन्दा बढी रकममा महगो मोटरसाईकल र स्कूटी वितरण गरेको छ ।
शनिबार सम्पन्न नगरसभामा उप–प्रमुख निरुव पोखरेलले प्रस्तुत गरेको बजेटमा नगरसभाका सदस्यहरुको लागि मोबाईल र साइकल खरीद गर्न आवश्वयक बजेट विनयोज गरेको छ । रकम नखुल्याइए पनि मोबाईल खरीदमा ठूलै रकम लाग्न प्रारिम्भक अनुमान गरिएको छ । स्रोतका अनुसार नगरसभाका सदस्यहरुले महँगो मोवाईल मागेपनि नगरप्रमुख वसन्तकुमार मिश्र र प्रमुख प्रशासकीय अधिकृत गोरखनाथ मिश्रले आपूmहरुले समेत नोकियाको समान्य खालको मोबाईल चलाईरहेकोले सोही मोवाइल दिने बताइएको छ ।
नगर कार्यपालिकाबाट निर्णय गरेर नगरपालिकाले जनताको करबाट जनप्रतिनिधिहरुलाई पस्लसर मोटर टिडी मोटरसाईकल किनेर दिएको एक महिना नबित्दै पुन ः मोबाईल दिने निर्णय गरेपछि सर्वसाधरण जनता आक्रोशित बनेका छन् । स्थानीय एक जनाले भने ‘ जनप्रतिनिधिहरुलाई मासिक तलब छदैछ, मोटरसाईकल र मोबाइल पनि भयो,अव अर्को वर्ष ग्यास सिलिण्डर र घर बनाईदिने निर्णय गरे टण्ठै साफ ।’
१२ जना वडाअध्यक्षमध्ये १० जनालाई दुई लाख ५२ हजार ९ सय पर्ने पस्लसर मोटर टिडी मोटरसाईकल र दुई जना वडाअध्यक्षलाई एक लाख ७० हजार ९ सय पर्ने एक सय २५ सिसिको डिस्कोभर स्कूटी वितरण गरिएको छ ।
नगरपालिकाले ५ ओटा मोटरसाइकल कार्यालयको कर्मचारीको लागि खरिद गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोरखनाथ मिश्रले बताए । आफैनै मोटरसाइकल चढीरहेको र स्करोरपियो हुने वडाअध्य समेतलाई नगरपालिकाले मोटरसाइकल वितरण गरेका छन् ।
नगरपालिका स्रोतका अनुसार नगरप्रमुख मिश्रले मोबाईल खरीद गरेर दिने कुरा बजेटमा नलेखिए बजेट पास नहुने अवस्था रहेको भन्दै बजेटमा मोबाईलका लागि बजेट विनयोजन गर्ने कुरा राखिएको बताइएको छ ।
दमकल खरीद गरेर राम्रो काम गरेको प्रसंशा पाउन सुरु मात्र भएको अवस्थामा जनप्रनिधिहरुलाई महगो मोटरसाइकल खरीद गरेर दिएपछि जनता पुन ः आलोचना गर्न सुरु गरेको छ ।
प्रतिक्रिया