कञ्चनपुर, पुस १ गते । कञ्चनरुप नगरपालिका–८ निवासी डाक्टर संजय रौनियारले विपन्न र सिमान्तकृत समुदायको उपचारको लागि महिनामा एक दिन निःशल्क स्वास्थ्य शिविर आयोजना गर्ने बताएका छन् ।
दलित सरोकार मञ्च नेपालको आयोजनामा बिहीबार एकदिे नि ःशुुल्क स्वास्थ्य शिविर उद्घाटन गर्दै डाक्टर रौनियारले आपूmले पढको डाक्टरीबाट आफनो समाजको सेवा गर्न तत्पर रहेको बताएका थिए । आयोजक दलित सरोकार मञ्चलाई शिविर आयोजना गरेकोमा धन्यवाद दिदैँ डाक्टर रौनियारले मञ्चसँगको सहकार्यमा वडा तहमा शिविर आयोजना गरेर सेवा गर्ने बताएका छन् ।कञ्चनरुप नगरपालिका–८ निवासी डाक्टर संजय रौनियारले शिविरमा सहभागी ५ सयभन्दा बढीको स्वास्थ्य जाँच गरेका थिए । इन्टरनल मेडिसिनमा एमडी गरेका डाक्टर रौनियारले स्वास्थ्य जाँच गरेका थिए भने विरामीहरुलाई औषधी समेत वितरण गरिएको थियो ।
स्वास्थ्य जाँचका लागि कञ्चनरुप नगरपालिकाका वडा नम्बर ४,८,११,१०,९,५ लगायतका व्यक्तिहरु आएका थिए । शिविर उद्घाटनका क्रममा संस्थाका कार्यकारी निर्देशक भोलाकुमार पासवानले डाक्टर रौनियारलाई माला र खादा ओढाएर सम्मान गरेका थिए । कोरोनाकालमा सर्वसाधरण जनतालाई फोन मार्फत निःशुुल्क सेवा दिएर उल्लेखनीय काम गरेको भन्दै पासवानले डाक्टर रौनियारको कामको प्रशंसा गरेका थिए ।कार्यक्रममा प्रदेश नं. २का समाजिक बिकास मन्त्रि नवलकिशोर साहद्वारा उत्कृष्ट सेवा गरेकोमा डा. संजय रौनियारलाई सम्मानपत्र प्रदान गरेको छ । उक्त शिविरबाट ५ सय ३८ जनाले स्वास्थ्य सेवाको लाभ लिएका छन ।
प्रतिक्रिया