कञ्चनपुर, पुस २ गते । जनता समाजवादी पार्टी नेपालले संगठन सुद्धृढिकरण अभियान अन्तर्गत शुक्रबार कञ्चनरुप नगरपालिका–१०मा वडा समितिको समायोजन गरेको छ ।
सघिय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी ( राजपा)बीच एकिकरण भएपश्चात वडातहमा समायोजन भएको थिएन । जसपाको कञ्चनरुप नगर कमिटिले पालिकाको १२ वटै वडामा वडा समिति समायोजन गर्न सुरु गरेको छ ।
जसपाका नगरअध्यक्ष सुुदम्बर यादबको अध्यक्षतामा सम्पन्न वडा नम्बर १०मा अगुवा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ,
वडा भेलामा प्रदेश २को समाजिक विकास मन्त्री नवलकिशोर साहले जसपाले उत्पीडित समुदायको मुद्दालाई सम्बोधन गर्ने बताएका थिए । मन्त्री साहले प्रदेश सरकारले विकास निमार्णमा तिब्रता दिएपनि सघीय सरकारको असहयोगका कारण सोचेजति प्रगति गर्न नसकेको बताए ।
प्रतिनिधिसभाका सांसद डाक्टर सूर्यनारायण यादबले जनता समाजवादी पार्टीप्रति जनताको विश्वास थप मजबुत बनेको बताएका थिए । भेलालाई सम्बोधन गर्दै सांसद यादबले कञ्चनरुप नगरपालिका लगायत जिल्लामा पार्टी प्रवेशको लहरले पनि जनता जसपाप्रति आकर्षित भएको बताए ।
कार्यक्रममा जसपाका केन्द्रिय सदस्य जगदेव यादब,प्रेस मञ्च नेपालका केन्द्रिय सदस्य तथा पत्रकार महासंघ प्रदेश २का सचिव भोला पासवान, सघिय परिषद सदस्य गुणान्द चौधरी,प्रदेश समिति सदस्य भुपेन्द्रप्रसाद चौधरी, दामोदर खड्गा,पिछडा वर्ग महासँघका अध्यक्ष भरतप्रसाद महतोले सम्बोधन गरेका थिए । चितरंजन यादबद्धारा संचालित कार्यक्रममा सहभागहिरुलाई स्वागत मन्तव्य धर्मलाल बहरखेरले गरेका थिए ।
दामोदर खड्गाको अध्यक्षतामा २१ सदस्य समिति गठन
वडा समायोजनपछि दामोदर खड्गाको अध्यक्षतामा २१ सदस्य समिति गठन भएको छ । वडा समितिको उपाध्यक्ष बिनोद पासवान,सचिवमा सरोज कुुसियैत,सहसचिवमा बिरेन्द्र चौधरी,कोषाध्यक्षमा जसोधादेवी चौधरीमा रहेकी छिन् ।
त्यसैगरि रिणा पासवानको नेतृत्वमा १८ सदस्य महिला समिति गठन भएको छ । निलेशकुमार बहरखेर(यादब)अध्यक्षतामा १५ सदस्य यूवा समिति गठन भएको छ ।
प्रतिक्रिया