किशोरकुमार पासवान
कञ्चनपुर, पुस २ गते । चिसो सुरु भएसँगै दलित सरोकार मञ्च नेपालले सप्तरीको कञ्चनरुप नगरपालिकाका दलित समुदायका जेष्ठ नागरिक र एकल महिलालाई फाइबर सिरक वितरण सुरु गरेको छ ।
व्योम कुसुमा बुद्ध धर्म संघको सहयोगमा दलित सरोकार मञ्चले शुक्रवार कञ्चनरुप नगरपालिका–३,५ र ९का करिब ५ सय दलित तथा विपन्न जेष्ठ नागरिकहरुलाई फाईवर शिरक वितरण गरेको हो ।
दलित सरोकार मञ्चका कार्यकारी निर्देशक भोलाकुमार पासवानले कञ्चनरुप नगरपालिका का करिब २ हजार दलित समुुदायका जेष्ठ नागरिक र एकल महिलालाई फाईवर शिरक वितरण गर्ने बताए ।
कार्यकारी निर्देशक पासवानले विपतको समयमा जाडोबाट बच्न न्यानो फाइबर सिरक सहयोग गर्ने व्योम कुुुसुमा बुद्ध धर्म संघका अध्यक्ष मुकुन्द विष्ठ र त्यसको संस्थापक श्री विद्याधर आर्चाय महायोगी श्रीधर राण रिन्पोछेलाई सहयोका लागि धन्यवाद दिएका थिए ।
व्योम कुसुमा बुद्ध धर्म संघका अध्यक्ष मुकुन्द विष्ठको अध्यक्षता सम्पन्न कार्यक्रममा प्रदेश नं. २ का समाजिक विकास मन्त्री नवल किशोर साहले आर्थिक स्थिती कमजोर रहेको समाजलाई सहयोग गर्ने संस्थालाई धन्यवाद दिएका थिए । ‘समयमा जसले सहयोग गर्छ,त्यसलाई पनि सहयोग गर्नु पर्छ ।’ प्रमुख अथिति समेत रहेका मन्त्री साहले भने,‘ दलित सरोकार मञ्चले गरेको सराहनिय कामको जति प्रशंसा गरेपनि कम हुन्छ ।’
व्योम कुसुमा बुद्ध धर्मसंघका अध्यक्ष मुकुन्द विष्ठले कोरोना कालमा अन्न नपाएर ताराई भेगका गरीब दलितहरुलाई राहतमा पहल गरेको बताए । मान्छेहरुले शोषण गर्नका लागि सासकहरुले जातिय व्यवस्था ल्याएको समेत बिष्टले बताए ।
कार्यक्रममा सहभागीहरुलाई समाजसेवी धुरखेल पासवानले गम्छा ओढाएर सम्मान गरेका थिए । बच्चुु सरबरियाले संचालन गरेको कार्यक्रममा कार्यकारी निर्देशक पासवाले स्वागत गरेका थिए ।
प्रतिक्रिया