राजकुमार साह
कञ्चनपुर, पुस २ गते । जिल्ला फुटवल संघ सप्तरीद्वारा आयोजित ए डिभिजन जिल्ला स्तरीय लिगको खेल अखिल नेपाल फुटबल संघ (एन्फ)को बिधान भइरहेको छ ।
जिल्ला खेलकुद परिषदका अध्यक्ष दिनेश भुजेलका अनुसार लिग खेल गएको मंसिर २९ गते उद्घाटन भएपनि बिहिवारको पहिलो खेल हिमाल कल्व र देउराली युवा कल्व सप्तरी बिच हुने थियो । तर, हिमाल कल्वका टिम मनेजर तथा पूर्व कोच राजकुमार पजियारले जिल्ला फुटवल संघका अध्यक्षसंग खेलको शर्तहरु के कसो छ बुझन खोजदा टिम मनेजर पजियारसंग दुरव्यहार गरेकोले हिमाल कल्व खेल नखेलि मैदानबाट फर्केको भुजेलले बताए ।
खेलको विधान र नियम अनुसार जिल्लाको स्थानीय दैनिक पत्रिकामा १५ दिने सार्वजनिक सुचना प्रकाशित गरी नकआउट प्रतियोगिता संचालन गरी त्यसबाट छनौट भएका क्लवहरुको लिग प्रतियोगिता गर्नु पर्ने व्यवस्थाविपरीत जिल्ला खेलकुदले लिग गराइृरहेको भुजेलले बताए ।
लिग खेलमा शप्तकोशी पालिकाबाट मात्र ५ वटा टिम भाग लिएको छ भने भाग लिने टिमहरूलाई जिल्ला अध्यक्षले बंचित गरेको आरोप समेत लगाएको छ । हिमाल कल्वका टिम मनेजर राजकुमार पजियारका अनुसार लिग खेलका लागि एन्फाको लाईसन्स प्राप्त रेफ्रीहुनु पर्नेमा जिल्ला अध्यक्ष बस्नेतले स्थानीय रेफ्रीबाट खेल संचालन गराउनु विधान बिपरित रहेकोले आफनो टिम नखेलेको पजियारले बताए ।
जिल्ला फुटबल संघको सदस्य रहेका जयप्रकाश चौधरीलाई रेफ्री बनाएर खेल खेलाई रहेको छ । जुन नियम विपरीत रहेको अर्को कोच प्रकाश मल्लले बताए । साथै रेफ्रीको रूपमा रहेका चौधरी रक्सी खाएर खेल खेलाइरहेको खेलाडिले बताए । लिग खेल ४५–४५ मिनेटको हुनु पर्नेमा आयोजक फुटबल संघ सप्तरीले २०–२० मिनेटको पुरा खेल खेलाईरहेको हिरोज स्पोटिङ्ग कल्वका टिम मनेजर राजेश चौधरीले बताए । साथै प्रत्येक टिमलाई आउने जाने भत्ता वापत २ हजार दिने गरेको उनले बताए ।
देबेन्द्र सिंह बस्नेत २० बर्षदेखि फुटवल संघ सप्तरीका अध्यक्ष पदमा बस्दा समेत फुटवलको गुणस्तर र नयाँ खेलाडी पिडी उत्पादन हुन नसकेको आरोप समेत टिम मनेजर र खेलाडीहरुले लगाएको छ । एक तन्त्रय राज्य गर्ने उदेश्यले संघ संचालन गर्दा जिल्ला कार्यालय कहिले नखुलेको कारणले उजुरी दिने कल्वलाई ग्राहो भईरहेको समेत बस्नेत माथि आरोप उनीहरुले लगाएका छन् । जिल्ला फुटवल संघले सार्वजनिक गरेको टाईसिटमा लिग खेलको लागि १० ओटा टिम भगलिएको हिरोज स्पोटिङ्ग कल्वका अध्यक्ष बिजयकुमार चौधरलिे बताए ।
समुह क मा देउराली युवा क्लव, जन ज्योती क्लव, हिमाल क्लव छन भने , समुह ख मा हिरोज स्पोटिङ्ग कल्व, क्रियटिभ युवा क्लव र राजदेवी युवा क्लव छन् । त्यस्तै समूह ग मा न्यू त्रियुगा स्पोर्टस क्लव, प्रोग्रेसिव युवा क्लव , डाफे युवा क्लव र नमोबुद्ध युवा क्लव छन् ।
यस सन्दर्भमा जिल्ला फुटवल संघ सप्तरीका अध्यक्ष बस्नेतले ११ ओटा टिम भागलिएको बताउदै भने रेफ्री पनि लाईस्नस प्राप्त छ भने सार्वजनिक सूचना गरेर टिम खेलाई रहेको बताए । रेफ्री जयप्रकाश चौधरी जानकार रेफ्री भएकोले खेल खेलाई रहेको छ । रेफ्री चौधरी खेलकोबेला रक्सी नखाएको दावि गरदै बस्नेतले भने हो रक्सी चौधरीले बढि खान्छ तर खेल राम्रोसंंग खेलाई रहेको अध्यक्ष बस्नेतले बताए । साथै हिमाल क्लव संग खेलाडि नभएकोले खेलनखेलेको जनकारी समेत उनले गराए ।
अखिल नेपाल फुटवल संघले लिग खेलको लागि जिल्लालाई ५ लाख दिन्छ । तेस्रो दिनको लिग खेलमा जनज्योती क्लव १–० ले विजय ः टाईसिट भन्दा बाहिरको टिम खेलाउँदै जिल्ला फुटवल संघले सार्वजनिक गरेको टाईसिट बमोजिम १० ओटा टिम रहेपनि आयोजकले शुक्रवारको खेलमा टाईसिट भन्दा बाहिर रहेको शम्भुनाथ युवा क्लव शम्भुनाथलाई खेलाएकोमा अधिकाशं टिम मनेजरहरू बिरोध समेत गरेको छ । शम्भुनाथ र जनज्योती बिचको खेलमा जनज्योतीले विजय भएको छ ।
प्रतिक्रिया