कञ्चनरुप नपा ६,७ र १० का चार सय जनालाई फाइबर सिरक वितरण

  • पुष ४, २0७८
  • 0
...

किशोरकुमार पासवान
कञ्चनपुर, पुस ३ गते ।दलित सरोकार मञ्च नेपालले शनिबार पनि सप्तरीको कञ्चनरुप नगरपालिकाका चार सय दलित समुदायका जेष्ठ नागरिक र एकल महिलालाई फाइबर सिरक वितरण गरेको छ ।

व्योम कुसुमा बुद्ध धर्म संघको सहयोगमा दलित सरोकार मञ्चले दलित तथा विपन्न जेष्ठ नागरिकहरुलाई फाईवर शिरक वितरण गरेको हो । शुक्रबार पनि शुक्रवार कञ्चनरुप नगरपालिका–३,५ र ९का करिब ५ सयभन्दा बढीलाई सिरक वितरण गरेको थियो ।

दलित सरोकार मञ्चका कार्यकारी निर्देशक भोलाकुमार पासवानले कञ्चनरुप नगरपालिका का करिब २ हजार दलित समुुदायका जेष्ठ नागरिक र एकल महिलालाई फाईवर शिरक वितरण गर्ने बताए ।

कार्यकारी निर्देशक पासवानले प्रत्येक जाडोयाममा विपन्न दलित तथा गरिब समुुदायका जेष्ठ नागरिकहरु शितलहरका कारण ज्यान गुमाउने गरेकोले त्यसलाई न्युनिकरण गर्न सिरक वितरण गरिएको बताए ।

जाडोबाट बच्न न्यानो फाइबर सिरक सहयोग गर्ने व्योम कुसुमा बुद्ध धर्म संघका अध्यक्ष मुकुन्द विष्ठ र त्यसको संस्थापक श्री विद्याधर आर्चाय महायोगी श्रीधर राण रिन्पोछेलाई सहयोका लागि धन्यवाद दिएका छन् ।

प्रदेश नम्बर २का दलित विकास समिति सदस्य श्याम सरदारले सहयोग गर्ने व्योम कुसुमा बुद्ध धर्म संघका अध्यक्ष मुकुन्द विष्ठ लगायत सम्मपूर्ण टिम र सहयोग जुटाएर वितरण मञ्चका कार्यकारी निर्देशक भोला पासवानलाई धन्यवाद दिएका थिए ।

प्रतिक्रिया