कञ्चनपुर, पुस ४ गते । जनता समाजवादी पार्टी नेपालले संगठन सुद्धृढिकरण अभियान अन्तर्गत आईतबार कञ्चनरुप नगरपालिका–९मा वडा समितिको समायोजन गरेको छ । कार्यक्रममा चारसय भन्दा बढीको सहभागिता रहेको थियो ।
सघिय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी (राजपा)बीच एकिकरण भएपश्चात वडातहमा समायोजन भएको थिएन । जसपाको कञ्चनरुप नगर कमिटिले पालिकाको १२ वटै वडामा वडा समिति समायोजन गर्न सुरु गरेको छ । जसपाका नगरअध्यक्ष सुुदम्बर यादबको अध्यक्षतामा सम्पन्न वडा नम्बर ९मा अगुवा कार्यकर्ताहरुको सहभागिता रहेको थियो । कार्यक्रमका प्रमख अथिति जसपाका केन्द्रिय सदस्य जगदेव यादबले जनता समाजवादी पार्टीले मात्रै उत्पीडित समुदायको मुद्दाको सम्बोधन गराउन सक्ने बताए । पिछडा वर्ग महासंघका प्रवक्ता मनाई महतोले एमाले पार्टीले पिछडा वर्गलाई विद्यानमा नसमटेपछि पार्टी परित्याग गरि जसपामा प्रवेश गरेको बताए ।
‘ जसपाले मात्रै सबै भाषाभाषी र समुुदायको सवाललाई सम्बोधन गर्न सक्छ ।’ प्रवक्ता महतोले भने,‘ जसपाले दलित,महिला र पिछडा वर्गको समस्या समाधान गर्न सक्छ ।’ प्रेस मञ्च नेपालका केन्द्रिय सदस्य तथा पत्रकार महासंघ प्रदेश २का सचिव भोला पासवानले कञ्चनरुप नगरपालिकाका जनप्रतिनिधिहरुले निहीत स्वार्थका लागि ५ हजार भन्दा बढी जेष्ठ नागरिक,एकल महिलालाई समयमा समाजिक सुरक्षा भत्ता दिननसकेको बताए ।
कार्यक्रममा जसपाका जिल्ला अध्यक्ष केदार यादब,पिछडा वर्ग महासँघका अध्यक्ष भरतप्रसाद महतो,जसपाका नगर उपाध्यक्ष कल्पना चौधरी,जिल्ला सदस्य रामेश्वर यादब र जसपाका नेता दक्ष नारायण श्रेष्ठले सम्बोधन गरेका थिए । कञ्चनरुप नपाका नगर संयोजक सुदम्बर यादबको अध्यक्षतामा सम्पन्न कार्यक्रम चितरंजन यादबले संचालन गरेका थिए । कार्यक्रमा ४ सयभन्दा बढीको सहभागिता रहेको थियो ।
रामसुुन्दर यादबको अध्यक्षतामा २३ सदस्य समिति गठन
वडा समायोजनपछि रामसुन्दर यादबको अध्यक्षतामा २३ सदस्य समिति गठन भएको छ । वडा समितिको उपाध्यक्षमा लखन राम,सचिवमा निर्ज सरदार र कोषाध्यक्ष नुनु चौधरी,(भुजेल) चयन भएको छ । त्यसैगरि इन्दिरा भुुजेलको नेतृत्वमा ९ सदस्य महिला समिति गठन भएको छ । बिनोद परियारको अध्यक्षतामा यूवा समिति गठन भएको छ ।
प्रतिक्रिया