राजकुमार साह
कञ्चनपुर, पुस ४ गते । सप्तरीमा देवरले भाउजुलाई कुटपट गरी अङ्ग भङ्ग बनाईदिदा ठाडो उजुरीको अधारमा देवरलाई पक्रेपनि सप्तरीको इलाका प्रहरी कार्यालय कञ्चनपुरले दर्ता नगरेको एक पिडीतले बताएका छन् ।
कृष्णासवरण गाउँपालिका –४ स्थित बनौलिका रोशनकुमार सहनोगियाले भाउजु द्रोपती कुमारी यादवलाई निर्घात कुटपिट गरी अङ्ग भङ्ग बनाएका छन् । गएको असोज २७ गतेमा रोशनकुमार सहनोगियाले भाउजु द्रोपतीलाई बाँसको लठिले कुटपिट गरेको पिडितका भाई बिनोद यादवले बताए । बिनोदका अनुसार बहिनिलाई कुटपिट गरी अङ्ग भङ्ग बनाउदा दिदा बहिनि केहि गर्ने नसक्ने अवस्थामा पुुगेको छ ।
हामी गरिव मान्छे उपचारदेखि धानबालि भित्रयाउनमा लागेकोले समयमा कञ्चनपुर थानामा उजुरी नदिएपनि सधारण उजुरीको रूपमा घाउँचाज फारमको उजुरी दिएका थिए । धानबालि भित्रयाई सकेपछि उक्त घटनाको तर्फ पुन : लागोकोमा एकातिर प्रहरीले पिडकलाई हिजो राती पक्राउ गरे पनि हामीले आईतवार कानुनको समय भित्र कुटपिट अङ्ग भङ्गको उजुरी दिएपनि प्रहरीले उक्त उजुरी दर्ता नगर्दा हामी गरीव असाहय न्याय पाउन नसकिने रहेको पिडतका दाजु बिनोद यादवले वताए ।
प्रहरीले घटना पुरानो भईसककोले मिलापत्र गरेर क्षतिपुर्ति लिइ हाल्नु भनिरहेकोले हामी साधण असाहय व्यक्ति कसरी न्याई पाउछु ? बिनोदले प्रश्न गरे । पिडित द्रोपतीकुमारी यादवका अनुसार आफु दोहोर पिडामा रहेको गएको असोजमा अष्टमीका दिन देवर रोसनकुमारले ‘तँ मेरो दाई सन्तोषकुमार सहनोगियालाई मार्नको लागि बोक्सी सिकिरहेको आरोपमा बाँसको लठिले कुटि अङ्ग भङ्ग बनाइ दिएको छ ।’
२ महिना घटनाको भएपनि श्रीमान सन्तोषले एक पल्टपनि न फोन सम्र्पक गरे न भेटेर के कस्तो भएको हो बुझन चाहे ? पिडित द्रोपतिले भनिन,‘ श्रीमान करिव ९ बर्ष पहिलो दोस्रो बिवाह गरेको हो,उक्त समयदेखि नै आफुसंग कम सम्पर्कमा रहदै आईरहेको र परिवारका सदस्यहरुले वेला बखत अभेलना गर्दा समेत उक्त पिडा सहदै आईरहेको छु।’ उनले भनिन,‘ ३ सन्तानमा २ छोरी र एक छोरा रहेकोले बेक्स भएर आफु बहुविवाहको मुद्दा पतिउपर नगरेको जसको कारण उल्टै आज म शसुरालि र प्रशासनिक भने प्रहरीबाट समेत न्याय पाउनबाट बन्चीत हुने अवस्थाले आत्महत्या गरिहालु जस्तो भईरहेको छ ।’ आफु सहाय भएपनि समाजिक न्याय भन्दा कानुनी न्याय पाउनको लागि प्रयास रहन्छु यदी प्रहरीले जायजमा पनि न्याय दिलाउन सहयोग गरेन भने आत्महत्या गर्नुको कुुनै विकल्प छैन ।
यससन्दर्भमा ईलका प्रहरी कार्यालय कञ्चनपुर सप्तरीका प्रहरी डिएसपी रामकुमार यादवका संग बुझदा मेरो आउनु भन्दा पहिलोको घटना भएकोले सहि सत्य के कसो हो अनुसन्धान गरेर मात्र मुद्दा दर्ता गर्ने बताए । साथै उक्त घटनालाई पिडितले न्याय पाउनु भन्दापनि व्यवहारीकरुपमा मिलाउन खोजनेहरुको समेत प्रयास भईरहेको हुनाले थप अनुसन्धान गर्नु पर्ने डिएसपीले बताए । घटना र व्यक्ति प्रकाउ परेकोको बारेमा जिल्ला प्रहरी कार्यालय राजबिराजलाई समेत जनकरी गराएको डिएसपीले बताए ।
प्रतिक्रिया