विधुत प्राधिकरण कंचनपुरद्धारा विद्युत चोरी गर्ने ८ जनाको मिटर नियन्त्रणमा

  • श्रावण ७, २0७६
  • 0
...

कञ्चनपुर, साउन ७ गते ।

             सप्तरीकाे कञ्चनरूप नगरपालिकाको वडा नम्बर ४ र ८ मा नेपाल विधुत प्राधिकरण कंचनपुर वितरण केन्द्र सप्तरीले सोमवार छड्के जाँच गर्दा  आठ जनाको मिटर नियन्त्रणमा लिएका छन् ।
चुहावट नियन्त्रण टोलिले कन्चनरुप नगरपालिकाका वडा नम्बर ४ र ८ मा  मिटरबाट वाईपास गरि विद्युत चुहावट गर्ने ८  जनाको मिटर नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिएको ८ मिटरमध्ये ४ जनाले क्षतिपूर्ति सहितको रकम बुझाई लगेको र ४ जनाको मिटर अझै नियन्त्रणमा राखिएको नेपाल विधुत प्राधिकरण कंचनपुर वितरण केन्द्रका  प्रमुख रोशन कुमार सिंहले बताए ।
विद्युत प्राविधिकरण स्थानीय कर्मचारीहरुले विद्युत चोरीलाई नियन्त्रण गर्न नसकेपछि बाहिरबाट समेत टोली ल्याएर अनुगमन गरिएको बताइएको छ ।

प्रतिक्रिया