किशोर पासवान
कञ्चनपुर, पुस ५ गते । प्रदेश २ का समाजिक विकास मन्त्री नवलकिशोर साहले जेष्ठ नागरिक र एकल महिलालाई राज्यले अझ बढी संरक्षण गर्नुपर्ने बताएका छन् । चिसो सुरु भएसँगै व्योम कुुुसुमा बुद्ध धर्म संघको सहयोगमा दलित सरोकार मञ्च नेपालले सप्तरीको कञ्चनरुप नगरपालिकाका दलित समुदायका जेष्ठ नागरिक र एकल महिलालाई फाइबर सिरक वितरण गर्न आयोजित कार्यक्रममा प्रमुख अथितिको रुपमा बोल्दै मन्त्री साहले सुखदुखमा साथ र सहयोग गर्नेलाई जनप्रतिनिधिको रुपमा छनौट गर्नुपर्ने बताए ।
दलित सरोकार मञ्च नेपालले सोमबार कञ्चनरुप नगरपालिका तीन सयभन्दा बढी जेष्ठ नागरिक र एकल महिलालाई फाईवर शिरक वितरण गरेको थियो । प्रदेश नं.२ का दलित विकास समिति सदस्य श्याम सरदारले शिक्षामा दलित समुदायका बालबालीका अगाडि रहेता पनी पैसाका कारणले केही गर्न नसक्ने बताए । प्रदेश नं. २ ले दलित शसक्तीकरण ऐन ल्याएर दलित समुदायका बालबालिकाहरुलाई छात्रवृत्तिको व्यवस्था गरेको बताए । दलित सरोकार मञ्चका कार्यकारी निर्देशक भोलाकुमार पासवानले कञ्चनरुप नगरपालिकाका जनप्रतिनिधिहरु निहीत स्वार्थ पुरा गर्न नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर हुनबाट रोकेर समाजिक सुरक्षा भत्ता खाने ५ हजारभन्दा बढी जेष्ठ नागरिकलाई दुुःख दिइरहेको बताए ।
कञ्चनरुप नगरपालिका का करिब २ हजार दलित समुुदायका जेष्ठ नागरिक र एकल महिलालाई फाईवर शिरक वितरण गर्ने बताए । कार्यकारी निर्देशक पासवानले विपतको समयमा जाडोबाट बच्न न्यानो फाइबर सिरक सहयोग गर्ने व्योम कुुुसुमा बुद्ध धर्म संघका अध्यक्ष मुकुन्द विष्ठ र त्यसको संस्थापक श्री विद्याधर आर्चाय महायोगी श्रीधर राण रिन्पोछेलाई सहयोका लागि धन्यवाद दिएका थिए ।
कार्यकारी निर्देशक पासवानको अध्यक्षता सम्पन्न कार्यक्रममा तिरहुत गाउँपालिकाको अध्यक्ष हेमन्त बहरखेर(मनोज)ले राजनीतिमा यूवाहरुको सहभागितामा जोड दिएका थिए । उनले भने,‘ कोरोनाको माहामारीमा ९० हजार भन्दा बढीलाई राहत र कञ्चनरुप नगरपालिकामा करोडौंको मेडिकल सामग्री सहयोग गर्ने दलित सरोकार मञ्चलाई धन्यवाद दिनैपर्छ ।’
कार्यक्रममा कञ्चनरुप नपा १२का समाजसेवी दक्ष नारायण श्रेष्ठ,वडा नम्बर १२का दलित अगुवा लागेन्द्र सदा,वडा नम्बर ११का रामनारायण सदाले समाजसेवा नै ठूलो सेवा भएको बताएका थिए । कार्यक्रममा सहभागीहरुलाई पूmलमालाले सम्मान गरिएको थियो भने कार्यक्रम संचालन मञ्चकी लेखा सहायक बालकुमारी चौधरीले गरेकी थिइन ।
प्रतिक्रिया