कंचनरुपमा जसपाको सुज अभियान तिब्र, वडा नम्ब। ६मा चौधरीको नेतृत्वमा वडा समिति गठन

  • पुष ६, २0७८
  • 0
...

कञ्चनपुर, पुस ५ गते । सप्तरीको कंचनरुप नगरपालिकामा जनता समाजवादी पार्टीको संगठन सुदृढीकरण तथा जनजागरण अभियानलाई तिब्रता दिएको छ । 

अभियान अन्तर्गत कंचनरुप नगरपालिका वडा नम्बर ६ जमुवामा सोमबार वडास्तरीय अगुवा भेला कार्यक्रम आयोजना भएको छ । उक्त भेलाले सोही कार्यक्रममा मुखीलाल चौधरीको नेतृत्वमा १७ सदस्यीय जनता समावादी ६ नम्बर वडा समिती समायोजन गरिएको छ ।

गठित समितिको उपाध्यक्षमा वविता चौधरी,सचिबमा संतोष कुमार सरदार,सह सचिबमा पुनिता माझी र कोषाध्यक्षमा सत्य नारायण राम चयन भएका छ्न । यसैगरी समितीको सदस्यहरुमा दुर्गानन्द चौधरी,प्रेम कुमारी चौधरी, आशावती चौधरी,चन्द्रकला चौधरी, सिर्जना चौधरी, फुल कुमारी चौधरी, सुमिन्त्रा चौधरी, हरि चौधरी, गुलाव चौधरी, भुटाई चौधरी छोटनी कुमारी चौधरी रहेका छ्न ।

जसपा कंचनरुप नगर सदस्य मुखिलाल चौधरीको अध्यक्षता तथा जिल्ला कोषाध्यक्ष बृजमान तामाङको प्रमुख आतिथ्यमा कार्यक्रम आयोजना भएको थियो । कार्यक्रम प्रमुख अतिथी तामाङ, जसपा जिल्ला कार्यकारिणी समिति सदस्य रामेश्वर प्रसाद कोडगिया, प्रेस मन्च नेपालका केन्द्रिय सदस्य एवम नेपाल पत्रकार महासंघ प्रदेश २ का सचिब भोला पासवान, जसपा जिल्ला सदस्य सुमेश्वर यादव, नगर उपाध्यक्ष कल्पना चौधरी लगायतकाले सम्बोधन गर्दै भेदभाव र अन्ययमा परेका उत्पीडित समुदाय र बिपन्न एव सर्वहारा बर्गको पार्टी जासपा भएको भन्दै जसपामा गोलबद्व हुन आग्रह गरे । नगर सचिब चित्तरन्जन यादवद्वारा संचालित कार्यक्रम स्वागत नगर कोषाध्यक्ष ईशु चौधरीले गरिन ।

प्रतिक्रिया