बेल्ही (सप्तरी) पुस ५ गते । सप्तरीको राजगढ गाउँपालिका वडा नम्बर ४ स्थित बेल्हीमा महिलाहरूको लागि ४५ दिने व्यावसायिक तरकारी खेती एक समारोह बीच उदघाटन गरिएको छ ।
युरोपियन युनियनको आर्थिक सहयोग,वेल्टहङ्गर्हिल्फेको प्राविधिक सहयोग एवम आसमान नेपालको अनुवाई दलित सरोकार मंचको आयोजनामा संचालित ४५ दिने तामलिमको राजगढ गाउँपालिकाका अध्यक्ष परमान्द यादव आईतबार ब्यनर पढेर उद्घाटन गरेको हो ।
तालिमको उद्घाटन गर्दै राजगढ गाउँपालिकाका अध्यक्ष परमान्द यादवले भने व्यावसायिक तरकारी खेती गर्न महिला समुहलाई गाउँपालिकाबाट सहयोग गर्ने प्रतिबद्धता गरेका छन् । अध्यक्ष यादवले भने तरकारी खेतीका लागि प्राविधिक सहयोग बताए । सिमान्तकृत महिलाहरुलाई तरकारी खेती सम्बन्धि तालिम आयोजना गरेकोमा आसमान नेपाल र दलित सरोकार मञ्च नेपाल सप्तरीलाई धन्यवाद व्यक्त गरे ।
दलित सरोकार मंचका जिल्ला संयोजक राजकुमार पासवानले तालिमले विपन्न तथा दलित एवं सिमान्तकृत समुदायको लागि आर्थिक विकासमा प्रगति हुने विश्वास व्यक्त गरे । उनले तरकारी उत्पादन गर्ने सीपले आर्थिक आर्जन गरि घर परिवार चलाउन तथा बालबालिकाहरुका लागि शिक्षामा सहयोग पुग्ने बताए । उनले तालिममा सहभागी महिलाहरूद्वारा उत्पादित तरकारीका लागि योजनाबद्ध तरिकाले बजारको पहुँचका पढाउने बताए ।
सो उद्घाटन समारोहमा राजगढ गाउँपालिकाकी उपाध्यक्ष पुष्पमाला कुमारी मण्डल, राजगढ गाउँपालिका वडा नं.५ का वडा अध्यक्ष लक्षमीनारायण ठाकुर,प्रशिक्षक अरुण यादव,सुशासन सहकर्ता उपेन्द्र मरिक,परिवर्तन अभिकर्ता जानकी खंग र सामाजसेवी बिशेश्वर मण्डललगायतले मन्तव्य व्यक्त गरेका थिए ।
सीमान्तकृत समुदायको आर्थिक तथा समाजिक सवलिकरण गर्ने उद्देश्यले संचालित तालिममा स्थानीय गायत्री कृषक महिला समुहका १५ जनाको सहभागीता रहेको दलित सरोकार मञ्च नेपाल सप्तरीका सुशसान सहजकर्ता उपेन्द्र मरिक बताए ।
प्रतिक्रिया