बाटो सहित जग्गा बिक्री गरेकाले नक्सामा बाटो नदिएपछि १० घर मण्डललाई समस्या

  • पुष ६, २0७८
  • 0
...

राजकुमार साह
कञ्चनपुर, पुस ५ गते । सप्तरीको कञ्चनरूप –९ रूपनगर स्थित बाटो सहति जग्गा बिक्री गरेका एक जनाले जग्गा बिक्री गरिसकेपछि बाटो नदिएपछि एक जना समस्यामा परेको छ ।

 माधव पोखरेलको बुवापालादेखि मण्डलहरूलाई आफनो जग्गामा घरबनाई कामदारको रूपमा राखेर खेतिपातिदेखि सबै काम गराउदै आएका जमिनदारले जग्गा बिक्रप् गर्दा जग्गा दिने सहमति गरेपनि बाटो नक्सामा न काटिदिएपछि १० परिवारलाई समस्या भएका छन् ।

स्थानिय प्रमेश्वर यादवका अनुसार हाल माधव पोखरेलको पत्नी मञ्जु देवी पोखरेल केही बर्ष पहिला ती परिवारहरूलाई सुरुमा आफनो जग्गा खालि गर्न भने पनि समाजको पञ्चायतबाट मण्डल परिवारलाई नहटाउने सहमति भएको थियो । 

१ कट्ठा जग्गामा ४ मण्डल परिवार बसोवास गर्दै आईरहेको करिव ३५ बर्ष हुनलागेको छ । जसमा जग्गा धनि पोखरेलले नसविलाल मण्डल र फुलकुमारी मण्डलाई १२ धुर जग्गा फिरीमा दियो भने ४–४ धुर जग्गा सरितादेवी मण्डल र सुनिता मण्डललाई १० लाख कठ्ठाको दरले पोखरेलसंग खरिद गरेको यादवले बताए ।

सरिता र सुनिताले जग्गा किन्नु भन्दा पहिलो पोखरेल मञ्जुले मुलबाटोदेखि मण्डलहरु भएको घर सम्म ४ मिटर बाटो दिन्छौ भने पनि हाल १ मिटर बाटो मात्र छोडनुको साथै तारबारले घेरा गर्दा मण्डल परिवार बिचल्लीमा पर्ने यादवले बताए।

पेखरेलबाट जग्गा खरिद गरेकी सरितादेवी मण्डलका अनुसार पोखरेलको जग्गामा तीन पुस्तादेखि बसोवास गर्दे आएकोमा हाल विस्थापित हुने गरि जग्गाधनी मञ्जुदेवी पोखरेल निरनतर पर्यास गरेको थियो । तर , समाजको पहलले केहि जग्गा सितैेमा र केहि जग्गा दुःख कष्ट गरेर खरिद गरेको बताउदै हाल पोखरेलले चारैतिर घेराबेरा गर्दा हामी असहाय परिवार बाटोको निकास १ मिटर मात्र भएकोले कष्टमा परिरहेको बताए ।

राति हात्ति आउँदा हात्तिको आर्कमणबाट बचन बाटो सागुरो हुनाले देवि प्रकोप परेकोबेला समेत अप्ठेरोमा पर्ने हुदाँ कमतिमा सहज रूपमा जान आउन बाटो चाहिन्छ भने घरको अगाडी कम्तिमा १ मिटर जग्गा पोखरेलले छोडदिदा वा रकम लिएर दिदा हामी ती जग्गामा घर व्यहार  गर्नका लागि सहज हुन्छ । 

पीडित सरितादेवी मण्डल भनिन,‘हामी घरमै खानु घरमै सबै थोक गर्नुको बिकल्प छैन ।’ जग्गा धनी मञ्जुदेवी पोखरेलका अनुसार मेरो जग्गामा बसोवास गर्ने मण्डलहरुलाई शसुरले नै बसाएको हुनाले १२ धुर जग्गा फिरीमा दिएको बताए । तर, त्यतीबेला जम्मा २ जनालाई शसुरले बसाएको थियो । जसमा हाल १० जना परिवार बसेको छ । समाजको आग्रहमा तीनीहरुलाई ८ धुर जग्गा मोल दिनुको साथै १ मिटर बाटो समेत दिएको पोखरेलले बताईन । हाल आएर नभएको कुरो गरेर मण्डलहरु ४ मिटर बाटो माग्दै मलाई मानसिक तनाव समेत भईरहेकोले तीनीहरु आफनो पैसा ब्याज सहित फिर्त लिएर जग्गा खालि गरिदिन समेत भनेको पोखरेल मञ्जुदेवीले बताईन् ।

प्रतिक्रिया