कञ्चनपुर,पुस ७ गते । सप्तरीको कञ्चनरू नगरपालिका –११ सिमरा स्थित मंगलबार बेलुका १६ बर्षकी किशोरीलाई बलात्कार गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । किशोरीलाई २० बर्षको मोहम्द अफजलले जबरजस्ती करणी गरेको सुचना पाएको केहि समयमा इलका प्रहरी कार्यालय कञ्चनपुरबाट खटेको प्रहरीले अभियुक्तलाई पक्राउ गरेको हो ।
पिडित किशोरीका दाजुका अनुसार आफु नयाँ घरबनाई रहेकोले मोहम्द दाउद ग्रिल उद्योग सिमरासंग ग्रिल लगाउने कार्यको शिलशिलामा तिरहुत गाउँपालिका वडा नं.–५ का २० बर्षीय अफजल घरपरिवारसंग चिनजान भएको थियो । अफजल उक्त उद्योग संचालकको छोरा हुन । हिजो बहिनीलाई काम छ भनेर आफनो घरको पछाडी बोलाएर जबरजस्ती करणी गरी बेहोस अवस्थामा छोडेर अबजल फरार भएको थियो । बेलुका निकै बेर बहिनी घरमा नदेखेपछि खोजतालसको क्रममा घर पछाडी अचेत अवस्थामा रहेको देख्दा प्रहरीलाई जानकारी दिएको केहि समयमै अफजललाई प्रहरीले पक्राउ गर्दा प्रहरीप्रति अभारी रहेको पिडितको दाजुले बताए ।
ईलका प्रहरी कार्यालय कञ्चनपुर प्रहरीका अनुसार घटनाको सुचना पाएको लगतै अपराधीलाई खोजतलास गर्न लाग्दा अपराधी अफजल आफनो घर तिरहुत –५ स्थित बुधेवाबाट पक्राउ गरेको थियो । पिडितको मेडिकल जाँच राती भएपनि अफजलको मेडिकल बुधबार हुनुको साथै थप अनुसन्धान समेत भईरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया