कञ्चनरुपमा ७ मा निर्मला चौधरीको अध्यक्षतामा जसपाको वडा समिति गठन

  • पुष ८, २0७८
  • 0
...

कञ्चनपुर, पुस ७ गते । सप्तरीको कंचनरुप नगरपालिकामा जनता समाजवादी पार्टीको संगठन सुदृढीकरण तथा जनजागरण अभियान अन्तर्गत वडा समिति गठन गरेको छ । 

अभियान अन्तर्गत कञ्चनरुप नगरपालिका वडा नम्बर ७ सितापुर बुधबार वडास्तरीय अगुवा भेला कार्यक्रम आयोजना गरिएको छ । उक्त भेलाले निर्मला चौधरीको नेतृत्वमा २१ सदस्यीय जनता समावादी पार्टीको वडा नम्बर ७  वडा समिती समायोजन गरिएको छ ।

गठित समितिको उपाध्यक्षमा श्रवण राम,सचिबमा दिवाकान्त चौधरी,सह सचिबमा  शुशिलादेवी राम र कोषाध्यक्षमा मोनिकादेवी सरदारलाई चयन गरेको छ ।

यसैगरी समितीको सदस्यहरुमा विजय चौधरी,शमशेर तमाङ्ग,शिवनारायण साह,भूली सदा, गिरिजा ठाकुर, ब्रह्म चौधरी, रामकुमार चौधरी,रेखा चौधरी, वैद्यनाथ राम, नारायणवत्ति सरदार, मैनादेवी साह,विजल महतो,पञ्चनारायण महतो, डोमी महतो,हेमनारायण चौधरी लगायत रहेका छन् ।

त्यसैगरि शशित रामको नेतृत्वमा यूवा समिति र फूलचन चौधरीको अध्क्ष्तामा महिलो समिति गठन भएको छ ।

जसपाको केन्द्रिय सदस्य कल्पना चौधरीको प्रमुख आतिथ्यमा कार्यक्रम आयोजना भएको थियो । कार्यक्रम जसपा जिल्ला कार्यकारिणी समिति सदस्य रामेश्वर प्रसाद कोडगिया, प्रेस मन्च नेपालका केन्द्रिय सदस्य एवम नेपाल पत्रकार महासंघ प्रदेश २ का सचिब भोला पासवान, नगर उपाध्यक्ष शोभा पासवान,पूर्व शिक्षक बनहु चौधरी लगायतकाले सम्बोधन गर्दै भेदभाव र अन्ययमा परेका उत्पीडित समुदाय र बिपन्न एव सर्वहारा बर्गको पार्टी जासपा भएको भन्दै जसपामा गोलबद्व हुन आग्रह गरे ।

वडा सदस्य निर्मला चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जसपा जिल्ला कार्यकारिणी समिति सदस्य रामेश्वर प्रसाद कोडगियाद्वारा संचालित कार्यक्रम स्वागत नगर दिवाकान्त चौधरीले गरेका थिए ।

प्रतिक्रिया