राजकुमार साह
कञ्चनपुर, पुस ८ गते । सप्तरीको कञ्चनरूप नगरपालिका वडा नं. –२ मा हालै गठन भएको छठ घाट निर्माण उपभोक्ता समितिमा चुनाव लक्षित पार्टी कार्यकर्ता , एकल जाति (ब्रहामण) को बर्चश्व रहने गरि गठन गरिएको छ ।
समितिमा परिवारवाद समेत हाभी र पार्टीको कार्यकर्तालाइ योजनाबाट आर्थिक लाभ मिल्ने उदेश्य सहितको समिति गठन भएको छ । चालु आर्थिक बर्ष २०७८÷७९ को लागि पालिकामा योजना संचालनको लागि गठन भईरहेको उपभोक्ता समिति मध्ये कञ्चनरूको वडा नं. २ को कार्यालयमा गएको मंसिर २९ गते वडा अध्यक्ष मेहदी हुसेनको अध्यक्षतामा ब्रहामण जातिलाई मात्र उपस्थीति गराएर गोप्यरूमा छट घाट निर्माणको लागि गठन गरेको समितिमा समावेशी नगरी एकल जातको बर्चश्वरहेको शैलिमा समिति गठन गरेको स्थानीय दिपेन्द्र कुमार झाले बताए ।
गठित समितिमा एकल जातको साथ साथै वडा अध्यक्ष हुसेनले अगामि हुने चुनाव लक्षित सहित पार्टीका कार्यकर्तालाई कार्यकालको अन्तिम समयमा आर्थिक लाभ मिलने उदेश्यले एकै परिवारको २ जना ब्यक्ती समेतलाई समितिमा राखेर उपभोक्ता समिति गठन गरेको उनले बताए । उपभोक्त समिति गठन सम्बन्धी कार्यविधि र समबिधानले परिकल्पना गरेको समावेशी लोकतान्त्रीक व्यवस्थाका विपरित वडा अध्यक्ष हुसेनले समिति गठन गरेका छन् । साथै , हुसेनले एकतन्त्रीय शासनको शैलिमा व्यवस्था संचाल गरीरहेको यो भन्दा ठूलो बिडम्बना केहुनु समेत उनले भने , गठित ७ सदस्य उपभोक्ता समितिको अध्यक्षमा भिमशंकर झा छ भने, सचिवमा शोभाकान्त झा, कोषा अध्यक्षमा रितादेवी ठाकुर(झा) छन् । त्यसै गरी सदस्य पदमा सन्तोषकुमार झा, पुनमदेवी झा, सुरेन्द्र झा, नागेश्वर झा रहेको समितिका सचिव शोभाकान्त झाले बताए । साथैसोही योजनाको लागि ४ सदस्य अनुगमन समितिमा समेत ब्रहामण जातिको हावी छन् ।
संयोजकमा तारानन्द ठाकुर(झा) , दिगम्बर झा, गंगादेवी झा र गुणेश्वर झा छन् । सगोल परिवारका गुणेश्वर झा र सन्तोषकुमार झा बुवा छोरा हुन् । समितिमा अर्को महत्वपूर्ण अधिकाशं काङ्ग्रोस पार्टीका क्रियाशिल सदस्यदेखि सक्रिय कार्यकर्ता रहेका समितिका एक सदस्यले बताए ।
यस सन्दर्भमा वडा अध्यक्ष मेहदी हुसेन संग बुझदा गठित छट घाटको उपभोक्ता समितिमा झा हरूमात्र रहेको सुईकार गर्दे झा हरूको उपस्थीति भएकोले समितिमा झालाई राखेको उनले बताए । समिति समावेशी त नभएको सवालमा हुसेनले किन समावेशी चाहियो झा हरूले नै कार्य गर्दा के फरक पर्छ । कुन तहको योजना रहेकोमा हुसेनले योजनाको नाम थाहा नभएको तर १० लाख बजेट रहेको बताए । तर, उक्त योजना बाहेक अधिकाशं योजनाको लागि गठनहुने समितिमा योजना संग लभानवीत उपभोक्ताको उपस्थीत हुनुको साथै समावेशी समिति वडा अध्यक्ष हुसेनको अध्यक्षतामा गठन भएको विगत छ । जसका उदाहरण आर्थिक बर्ष २०७६÷०७७मा सोही पोखरीको लागि छट घाट निर्माणको लागि समावेशी सहितको महिला समिति गठन भएको थियो ।
प्रतिक्रिया