कञ्चनपुर,पुस ८ गते । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र )सप्तरीको ईन्चार्ज अशोक कुमार मंडलले उमेश यादवको कारण जिल्लामा पार्टी लथालिङ्ग बनेको आरोप लगाएका छन् ।
राजबिराज स्थित साह धर्मशालामा बिहीवार सम्पन्न जिल्लाको अगुवा कार्यकर्ता भेटघाट तथा छलफल कार्यक्रमलाई सम्बोधन गर्दै ईन्चार्ज मण्डलले सो कुरा बताएका हुन् ।
ईन्चार्ज मंडलले जिल्लामा पार्टी बनाउने र विगार्ने विच लडाई रहेको बताए । उक्त कार्यक्रममा प्रदेश सदस्यद्वय महेश प्रसाद यादव,अरुण कुमार साह,राजविराज नपाका अध्यक्ष रामगमन साह,शम्भुनाथ नपाका अध्यक्ष गणपति साह, तिलाठीकोइलाडी गापाका संजय सिंह,सप्तकोशी नपाका भरत पौडेल,छिन्नमस्ता गापाका अध्यक्ष जय प्रकाश यादव,विष्णुपुर गापाका अध्यक्ष राम कुमार राय,बोदेवर्साइन नपाका अध्यक्ष राम प्रसाद राम,बलानविहुल गापाका अध्यक्ष महेनद्र यादव,हनुमाननगरकंकालिनी नपाका अध्यक्ष राहुल मण्डल,रुपनी गापाका अध्यक्ष सिंहेशवर साह,सुरुगा नपाका उपेन्द्र पासवान ,लगायतले जिल्लामा देखिएको वेतिथीको वारेमा आ आफनो धारणा राखेको थियो ।
प्रतिक्रिया