राजकुमार साह
कञ्चनपुर, पुस १० गते । सप्तरीको हनुमानगर कंकालिनी नगरपालिका वडा नं. –१ स्थित भारदह कंकालिनी मन्दिरको अगाडीबाट २ जनालाई ब्राउन सुगर सहित प्रहरीले पक्राउ गरेको छ ।
सिरहा जिल्ला धनगढीमाइ नगरपालिका वडा नं.११ स्थित शान्तीपुरका ३० बर्षिय दिपेन्द्रकुमार महतो र लक्ष्मीपुरपतारी गाउँपालिका वडा नं.३ स्थित महेशपुरका २५बर्षिय परमानन्द साहलाई ब्राउन सुगर सहित शुक्रवार बेलुकि करिव ४ः३० बजे प्रहरीले पक्राउ गरेको इलाका प्रहरी कार्यालय कञ्चनपुर, सप्तरीले बताए ।
प्रहरीका अनुसार बिशेष सुचनाको अधारमा टालीले रोकी चेकजाँच गर्दा खैरो हिरोईन (ब्रउन सुगर) ८. ५ ग्राम, बरामद गरेको ईलाका प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी रामकुमार यादवले वताए । एक हप्ता पहिलो २ जना भारतिय नागरीकलाइ चेकजाँचको क्रममा कञ्चनरूप २ वाट २०० ग्राम ब्राउन सुगर सहित प्रहरीले पक्राउ गरेको थियो ।
फाइल तस्वीर
प्रतिक्रिया