प्रदेशसभाको चालु अधिवेशनमै सहकारी सम्बन्धी ऐन पास गर्छौ : मन्त्री यादब

  • पुष ११, २0७८
  • 0
...

कञ्चनपुर,पुस १० गते । प्रदेश २का भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विजय यादबले प्रदेशसभाको चालुु अधिवेशनमै सहकारी सम्बन्धी ऐन पास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

सहयोगी बचत तथा ऋण सहकारी संस्था लिमिटेड कञ्चनपुर ८बेरियरको १४ औं साधरणसभालाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै मन्त्री यादबले सो कुरा बताएका हुन् । 

समाजमा सकारात्मक र नकारात्म दुवै प्रकृतिका व्यक्तिहरु रहेकोले सहकारी क्षेत्रमा पनि सकारात्मक काम गर्ने सर्वसाधरण जनतालाई ठग्ने व्यक्तिहरुले समेत सक्रिय रहेको बताउँदै मन्त्री यादबले प्रदेश सरकारले ल्याउने सहकारी सम्बन्धी ऐनमा सहकारीको नाममा सर्वसाधरणलाई ठगी गर्ने सहकारीहरुलाई निरुत्साहित गर्ने व्यवस्था गर्न लागिएको बताए ।

कार्यक्रममा कञ्चनरुप नगरपालिका नगर प्रमुख वसन्तकुमार मिश्रले आपूmले गरेको कामबारे कुनै मिडियामा अन्तरवार्ता नदिएको र दिनुु आवश्यक पनि नरहेको बताए । उनले भने,‘ कञ्चनरुप नगरपालिकाले गरेको कामबारे सबै जनता जानकार छन्,मैले अहिलेसम्म कुनै पत्रिकामा अन्तरवार्ता दिएको छैन ।’

तिरहुत गाउँपालिका अध्यक्ष हेमन्त बहडखेर(मनोज)ले नामजस्तै सहयोगीले काम गरेर जनताकोबीचमा स्थापित भएको बताए ।

पत्रकार भोला पासवानले सहयोगी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले छोटो समयमा नै सहकारी क्षेत्रमा अलग पहिचान स्थापित गरेको बताए । उनले भने,‘ सहयोगीले नामजस्तै काम गरेर सर्वसाधरण जनताका मनमष्तिकमा बस्न सफल भएको छ ।’ सहकारीले एम्बुलेन्स सेवा संचालन गरेर विपन्न नागरिकलाई सहयोग गरेको,कोरोनाकालमा पनि सेवा प्रवाह गरेको,शेयर सदस्यलाई विपत्त र मर्दा पर्दा आर्थिक सहयोग दिने गरेकोले संस्थाप्रति जनताको विश्वास बढेको छ ।

पत्रकार पासवानले भने,‘ सहयोगीको नेतृत्व र कर्मचारीबीचको तालमेलले संस्थालाई अगाडी बढाउन थप मद्धत गरेको छ ।’
अन्नपूर्ण बचत तथा ऋण सहकारी संस्था लिमिटेड कञ्चनपुरका अध्यक्ष सुदम्बर यादबले पछिल्लो समयमा सहकारीमा पनि ठगीको घटनाहरु बढीरहेकोतर्फ सचेत गराएका थिए ।

संस्थाका अध्यक्ष अनोज यादबको अध्यक्ष्तामा सम्पन्न कार्यक्रममा संस्थाका सचिव शोभाकान्त गुप्ताले संस्थाको प्रगति प्रतिबेदन र व्यवस्थापक विनोद कर्णले आय व्यय प्रस्तुत गरेका थिए । कार्यक्रमा बुद्धिसागर चौधरी,खिखर साहले पनि संस्थालाई शुभकामना व्यक्त गरेका थिए । संस्थाका उपाध्यक्ष संजय खड्गाले सहभागीहरुलाई स्वागत गरेका थिए । कार्यक्रम संचालन निरज राउतले गरेका थिए । 

प्रतिक्रिया