कञ्चनपुर,साउन 7 गते । नेकपाका स्थायी कमिटी सदस्य एवं प्रदेश २ का संयोजक सत्यनारायण मण्डलले कञ्चनरुप नगरपालिकालाई लुटेराहरुको अखडाको संज्ञा दिएको छ ।
प्रदेश सभा सदस्य समेत रहेका नेता मण्डलले सोमवार सप्तरीको कञ्चननरुप नगरपालिका–६ घोघनपुर स्थित जामिया इस्लामिया (छात्रा स्कुल) निरक्षण एंव सुझाब संकलन कार्यक्रम सो कुरा बताएका हुन् ।
संविधानको विपरीत कञ्चनरुप नगरपालिका जनप्रतिनिधिहरुले अहिलेसम्म नगरपालिकाको कुनै पनि कार्यक्रममा सहभागी नगराएको र कुनै किसिमको सहयोगका लागि अहिलेसम्म समन्वय नगरेको भन्दै प्रदेशसभा सदस्य मण्डलले यस क्षेत्रका जनता भाग्यशाली भएकाले दुई जना संघीय सांसद र आपूm समेत गरेर तीन जना सासंद पाएको बताए ।
‘कञ्चनरुप नगरपालिका जनप्रतिनिधिहरुलाई सांसदहरुसंग सहयोग कसरी लिने ? त्यो समेत थाह छैन ।’ प्रदेशसभा सदस्य मण्डलले भने ‘ सहयोग कसरी लिने दिमाग हुनु पर्यो नी ?तर पनि म सक्दो सहयोग गरीरहेको छु ।’ ‘मलाई यता हेर्दा उता मुख घुमाउँछ। ’ स्थायी समिति सदस्य समेत रहेका मण्डलले भने‘ दुई तिहाई नेतृत्वको सरकारको म स्थायी समिति सदस्यलाई गाउँ कमिटीका केही ‘किडा मकौडा’हरुले अपमान गर्ने ?,पुँजीपति त छैन तर त्यसका छोराहरुले धाक्क लगाउने ?’
प्रदेशसभा सदस्य र पार्टीका स्थायी कमिटी सदस्य मण्डलले नै सार्वजनिक रुपमा कञ्चनरुप नगरपालिका र जनप्रतिनिधिको कार्यशैलीको विरोध गरेकाले कार्यक्रम पश्चात नगरप्रमुख वसन्तकुमार मिश्र,प्रवक्ता एवं वडा नम्बर ८का वडाअध्यक्ष राजकुमार साहले भ्रष्टाचार र संविधान विरोधी भएको प्रमाणित गर्न चुनौती दिएका थिए ।
मौलनाले मात्र विद्यालय चल्न सक्दैन
नेकपाका स्थायी कमिटी सदस्य एवं प्रदेश २ का संयोजक सत्यनारायण मण्डलले जामिया इस्लामिया (छात्रा स्कुल)मा मौलाना शिक्षक मात्र राखेर विद्यालय चलन नसक्ने बताएका छन् ।
कञ्चननरुप नगरपालिका–६ घोघनपुर स्थित जामिया इस्लामिया (छात्रा स्कुल) निरक्षण एंव सुझाब संकलन कार्यक्रम सो कुरा बताएका हुन् ।
प्रदेशसभा सदस्य एवं प्रदेश २का संयोजक समेत रहेका मण्डलले जामिया इस्लामियालाई नेपाल सरकारमा दर्ता गरी यस भेगका सबै जातजातीका छात्राहरुलाई समावेसी गराई अध्ययन गराउनु पर्ने सुझाव दिए ।
मोहमद कलिम मियाँको अध्यक्षतामा संचालित कार्यक्रममा प्रदेशसभा सदस्य गोविन्द न्यौपाने,पुर्व सानसद मानपुर चौधरी,कञ्चनरुप नगरपालिकाको नगर प्रमुख बसन्त कुमार मिश्र,नेकपाका जिल्ला कमिटिका सदस्य बोधराज सुबेदी,सोवित यादव,भरत प्रसाद महतो लगायतका बक्ताहरुले आ–आफनो मन्तब्य ब्यतm गरेका थिए भने कार्यक्रम संचालन कञ्चनरुप नगरपालिकाको शिक्षा शाखाका ललितनारायण यादबले गरेका थिए ।
प्रतिक्रिया