सहयोगी १४ औं बर्षमा प्रवेश : ३० जना शेयर सदस्यबाट करिब ३ हजार पुग्यो, गत बर्ष ३१ प्रतिशतले कारोबारमा बृद्धि

  • पुष १२, २0७८
  • 0
...

कञ्चनपुर,पुस ११ गते । सप्तरीको कञ्चरुप नगरपालिका–८ बेरियर स्थित सहयोगी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आर्थिक वर्ष २०७७/०७८मा ३१ प्रतिशतले कारोबार बृद्धि गरेको छ ।

संस्थाको १४ औं साधरणसभामा संस्थाको व्यवस्थापक विनोद कर्ण पेश गरेको लेखा परिक्षण प्रतिवेदन अनुसार गत वर्ष वासलात २३ करोड १७ लाख १८ हजार ६सय ३७ रुपैया रहेकोमा ३१ प्रतिशतले बृद्धि भएर ३० करोड ३९ लाख ३४ हजार ६सय ९१ रुपैया पुगेको छ ।

संस्थाको ऋण लगानीमा पनि ४३ प्रतिशतले बृद्धि भएर २३ करोड ३३ लाख ७० हजार ४ सय २३ रुपैया पुगेको छ । त्यसैगरि शेयर पुजी ३५ प्रतिशतले बृद्धि भएर २ करोड ३६लाख ६९ हजार ३ सय रुपैया पुगेको संस्थाका सचिव शोभाकान्त गुप्ताले बताए । सचिव गुप्ताका अनुसार बचत निक्षेपमा पनि ४९ प्रतिशतले बृद्धि भएर २१ करोड ४ लाख ८७ हजार ४ सय ७४ रुपैया पुगेको छ ।

संस्थाका अध्यक्ष अनोज यादबका अनुसार शेयर  सदस्यहरुलाई १६ प्रतिशत लाभाशं वितरण गरिनेछ । अध्यक्ष यादबका अनुसार संस्थाले निकट भविष्यमै कञ्चनरुप नपा १ महादेवपट्टीमा शाखा खोल्ने तयारी गरिरहेको छ । ‘संस्थाको टिम स्प्रिटले यो उपलब्धी हासिल भएको छ ।हामी अझै सशक्त भएर अघि बढ्दै छौं ।’ अध्यक्ष यादबले ग्रामीण भेगका सर्वसाधरण जनतालाई वित्तिय साक्षरताको माध्यमबाट थप जोड्दै अघि बढ्ने बताए । 
सहयोगी सहकारीले संस्थाले कञ्चनरुप साधरणसभामा संस्थाका सचिव शोभाकान्त गुप्ताले संस्थाको प्रगति प्रतिबेदन र व्यवस्थापक विनोद कर्णले आय व्यय प्रस्तुत गरेका थिए । 

३ महिला र २७ जना पुरुष गरि ३० जनाबाट सुरु भएको संस्था १४ औं बर्षमा पुग्दा महिला एक हजार ८६ जना र पुरुष  एक हजार ४ सय ३ जना गरि २ हजार ९ सय १४ जना पुगेको छ ।   ३ लाख शेयर पुँजीबाट सुरु भएको संस्था अहिले बृद्धि भएर २ करोड ३६लाख ६९ हजार ३ सय रुपैया पुगेको छ ।

प्रदेश २का भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विजय यादबले शनिबार संस्थाको १४ साधरणसभाको उद्घाटन गरेको थियो । कार्यक्रममा दुई हजारभन्दा बढीको सहभागिता रहेको थियो ।

प्रतिक्रिया