कञ्चनपुर, पुस ११ गते । सप्तरीको कंचनरुप नगरपालिकामा वडा नम्बर १मा जनता समाजवादी पार्टीको संगठन सुदृढीकरण तथा जनजागरण अभियान अन्तर्गत वडा समिति गठन गरेको छ ।
अभियान अन्तर्गत कञ्चनरुप नगरपालिका वडा नम्बर १ वैरवामा आईतबार वडास्तरीय अगुवा भेलाबाट पंजियारको अध्यक्षतामा वडा समिति संमायोजन भएको हो ।
गठित समितिको उपाध्यक्षमा गुलाव साह,सचिबमा दुर्गानन्द यादब,सह सचिबमा रामजी खंग र कोषाध्यक्षमा द्रोपती रामलाई चयन गरेको छ ।
यसैगरी समितीको सदस्यहरुमा विन्देश्वर साह,शत्रुघन साह,राजस्व बर्मा,धनपति यादब,भरत पंजियार,दिनेश पंजियार,राजेन्द्र पंजियार,बौवालाल खंग,प्रभुखंग,उमेश राउत,ध्रुव प्रसाद साह,खानालाल यादब,सोनाई यादब,प्रदिप साह,जिवक्षीदेवी पूर्वे,दिपनारयण साह,सितादेवी यादब,इब्राराहिम मंसुरी,रादत यादब र जयप्रकाश महतो रहेका छन् ।
जसपाको केन्द्रिय सदस्य जगदेव याददको प्रमुख आतिथ्यमा कार्यक्रम आयोजना भएको थियो । कार्यक्रम जसपा केन्द्रिय सदस्य कल्पना चौधरीको ,जिल्ला कार्यकारिणी समिति सदस्य रामेश्वर प्रसाद कोडगिया, प्रेस मन्च नेपालका केन्द्रिय सदस्य एवम नेपाल पत्रकार महासंघ प्रदेश २ का सचिब भोला पासवान, प्रदेश सदस्य मोहम्द सकिल,नगर उपाध्यक्ष कल्पना चौधरी,गर्भी पंजियार लगायतकाले सम्बोधन गरेका थिए । जसपाको नगर अध्यक्ष सुदम्बर यादबको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अर्जुन पंजियारले संचालन गरेको थियो।
प्रतिक्रिया