राजकुमार साह
कञ्चनपुर,पुस १२ गते । सप्तरीको क्षेत्र नं.१ म २०४८ देखि २०७४ सम्मको कुनै मन्त्रीले ५ हजार देखी ५० हजार ईटा लगाएर विकासको कार्य नगरेपनि व्यक्तिगत रूपमा तत्कालिन मन्त्रीहरू अरवपति बनेको प्रदेश २का समाजिक बिकास मन्त्री नवलकिशोर साहले आरोप लगाएका छन ।
सोमबार कञ्चनरूप वडा नं. ८ को वडा समिति समायोजन कार्यक्रमको प्रमुख अतिथिको रूपमा रहेका समाजिक विकाश मन्त्री नवलकिशोर साहले उक्त कुरा बताका हुन । २०७४ पछि संघिय ब्यवस्था अनुसार मुलुकमा प्रदेश र संघिय सरकार बनेपछि प्रदेश नं.२ मा मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान जनकपुर, प्रदेश कृषि विश्वविद्यालय राजविराज, प्राविद्यिक विश्वविद्यालय बिरगंज र २०७५ माघ २ देखि नवशीशु बालिकालाई जीवन विमा कार्यक्रम संचालनमा रहेको मन्त्री साहले बताए । उनले भने, “ प्रदेश सरकार महिलालाई ५० प्रतिशत अधिकार सुनिश्चित गरोको छ । यस्तो ऐतिहासिक कार्य अरु कुनै प्रदेशमा भएको छैन ।”
उक्त कार्यक्रममा समाजसेवी तथा युवा नेता अनोज कुमार यादवले कञ्चनरूप नगरपालिकाले कोरोना महामारीको वेला लकडाउनको समयमा सर्वसधारण नागरीककोलागि साथ हुनु पर्ने समयमा साथ नभई दलित सरोकार मञ्चले मजदुरी गरी दिनचर्या विताउनेहरूको लागि राहतको व्यवस्था गरेर अहम भुमिका खेलेको बताए । उनले भने, “विपतको वेला जनताको साथमा साथ रहेर दलित लगायत गैर दलित समेतलाई हाल सम्म सहयोग गरेर मञ्चले समाजिक कार्यमा उल्लेखनिय भुमिका खेलेको छ । जनताले त्यसको मुल्याङ्कन भविष्यमा गर्ने छ ।”
जसपाका नेता जामुन महतोले पालिकाभरका सर्वसाधारण नागरीकहरूले हालको निर्वाचित जनप्रतिनीधिलाइ मतदानद्वारा हामी जस्तै सर्वसधारणले बनाए पनि जेष्ठ नागरीकको समाजिक सुरक्षा भत्ता हाल सम्ममा नदिएर अन्याय गरिरहेको बताए । उनले भने काँग्रेस र ऐमालेको स्थानिय सरकारले एक बर्षमा १७ करोड भन्दाबढी रकम अनियमित्ता गरेको छ । कार्यक्रममा जसपाका नेता दक्षनारायण श्रेष्ठले जसपा मधेशीको मात्रै नभई उत्पिडीत दलित, मुस्लिम, आदिवासी ,जनजाती, महिला लगायत सिमान्तकृत समुदायको पार्टी भएको बताए ।
कार्यक्रममा जसपाका केन्द्रीय सदस्य जगदेव यादब, बिकास तिवारी, जसपा केन्द्रिय सदस्य कल्पना चौधरी, प्रदेश सदस्य मो.सकिल अलि, जसपाका नगरअध्यक्ष सुदम्बर यादब, ,जिल्ला कार्यकारिणी समिति सदस्य रामेश्वर प्रसाद कोडगिया, प्रेस मन्च नेपालका केन्द्रिय सदस्य एवम नेपाल पत्रकार महासंघ प्रदेश २ का सचिब भोला पासवान, प्रदेश सदस्य मोहम्द सकिल,नगर अध्यक्ष सुदम्बर यादव, नगर उपाध्यक्ष कल्पना चौधरी र सोभा पासवान, जसपाका युवानेता अनोज कुमार यादव, जिवछ सरदार लगायतका उपस्थीति थिए । जसपाको नगर सदस्य वडा नं. ८ का करण मण्डलको अध्यक्षतामा सम्पन्न कार्यक्रम सञ्चालन जसपाका नगर सचिव चितरन्जन यादवले गरेका थिए भने, सहभागिहरुलाई दलित सरोकार मञ्चका संस्थापक उपाध्यक्ष एवंम दलित अगुवा बच्चु सरवरीयाले गरेका थिए ।
प्रतिक्रिया