किशोर पासवान
कञ्चनपुर, पुस १२ गते । सप्तरीको कंचनरुप नगरपालिकामा वडा नम्बर ८ मा जनता समाजवादी पार्टीको संगठन सुदृढीकरण तथा जनजागरण अभियान अन्तर्गत सोमबार वडा समिति समायोजन गरेको छ ।
अभियान अन्तर्गत कञ्चनरुप नगरपालिका वडा नम्बर ८ स्थित कञ्चनपुर हटियामा वडास्तरीय अगुवा कार्यकर्ता भेलाबाट शर्माको अध्यक्षतामा २५ सदस्य वडा समिति संमायोजन भएको हो । समायोजित समितिको उपाध्यक्षमा लखन पासवान र प्रकाश साह रहेकाछन् । यसैगरी सचिबमा निसाकुमारी राम,सह सचिबमा मञ्जुदेवी महतो र कोषाध्यक्षमा श्यामवती चौधरीलाई चयन गरेको छ । उक्त समितीको सदस्यहरुमा किसनीदेवी पासवान, राजेश राम,गुबदी खंग, रेणुदेवी खंग, बुलन्तीदेवी खंग, सोनीया राम, भुटाइ मण्डल, कोशीलादेवी दास, रून्चीदेवी दास, बलराम खंग, बिल्टीदेवी मण्डल, कोशीलाकुमारी तत्मा ,लक्ष्मण राम, सदिक मंसुरी, लक्ष्मण पासवान, प्रकाश शाफी, घमा सदा, जिगेश्वर राउत,रितादेवी स्वर्णकार र नागेश्वर खंग रहेका छन् । साथै सिया चौधरीको अध्यक्षतामा २१ सदस्य महिला कमिटि समेत गठन भएको छ ।
उक्त महिला कमिटिका उपाध्यक्षमा निर्मला सदा, सचिवमा अनिता चौधरी, सह सचिवमा लक्ष्मीदेवी मण्डल, कोषाध्यक्षमा शर्मा कुमारी ऋषिदेव छन् । यसैगरी सदस्यहरूमा शोभादेवी पासवान,नैनादेवी पासवान, रामकुमारी साफी, सितादेवी मण्डल, तारादेवी सरदार, ममतादेवी राम, परमेश्वरीदेवी सदा, नैनादेवी मरिक, भगनीदेवी मण्डल, कुसुमवती सदा, डोलतीदेवी मण्डल, अगरमैनदेवी पासवान,गितादेवी पासवान, सुमसुलीदेवी गोस्वामी र लालोदेवी पासवान रहेकी छन् । प्रदेश नं. २ का समाजिक विकास मन्त्री नवल किशोर साहको प्रमुख आतिथ्यमा कार्यक्रम आयोजना भएको थियो ।
प्रतिक्रिया