कञ्चनरुप १४ पुष । सप्तरीको राजगढ गाउँपालिकामा युरोपियन युनियनको आर्थिक सहयोग वेल्टहङ्गर्हिल्फेको प्रविधिक सहयोग एवम् आसमान नेपालको अगुवाइमा दलित सरोकार मंच सप्तरीद्वारा नागरिक सक्रियता परियोजना अन्तर्गत मंगलवार दलित महिलाहरूको लागि ९ दिने अगरवती बनाउने तालिम सम्पन्न भएको छ ।
राजगढ गाउँपालिका वडा नम्बर ३ का अध्यक्ष सिताराम यादवको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा वडाअध्यक्ष यादवले सिकेको सीपलाई व्यवहारमा उतार्न अतिनै आवश्यक रहेको र आफु सहयोग गर्नु पर्ने त्यसमा पछि नहटने समेत बताए ।
उक्त तालिमका प्रशिक्षक मनोज कुमार यादव,जनजागरण सेवा समितीका उपाध्यक्ष राजकुमार यादव,अवलोकित दैनिक पत्रकार किशोर पासवान, दलित सरोकार मञ्च नेपाल सप्तरीको लेखा अधिकृत अमित कुमार गुप्ता लगायतकाले शुभकामना मनतब्य व्यक्त गरेका थिए । कार्यक्रमको संचालन नागारिक सक्रियता परियोजनाका सुशासन सहजकर्ता उपेन्द्र मरिकले गरे ।
दलित समुदायको आर्थिक तथा सामाजिक सवलीकरण गर्ने उद्देश्यले सम्पन्न तालिममा स्थानीय मुसहर बस्तिका सरस्वती महिला समुहका मुसहर र राम समुदायका १५ जना महिलाहरूको सहभागीता रहेको कार्यक्रम संचालन मरिकलले जानकारी दिए । मरिकले तालिम लिएको महिलाहरुले ३ सय ५० प्याकेट अगरवत्ती बनाउन सफल भएको बताए ।
प्रतिक्रिया