कञ्चनरुप नगरपालिकाको विवादले ६५ लाखको बिकासको योजनाहरु अलपत्र

  • पुष १४, २0७८
  • 0
...

किशार पासवान
कञ्चनपुर,पुस १४ गतकञ्चनरुप नगरपालिकाको विवादले ६५ लाखको बिकासको योजनाहरु उपभोक्ता समिती गठन भएपनि कामकाज सुरु भएको छैन ।

सप्तरीको कञ्चनरुप नगरपालिका वडा नं. २ मा ६५ लाखको वडास्तरीय र प्रदेश बजेको उपभोक्ता समिती गठन भएपनि ७ वटा योजनाहरु बिवादका कारणले गर्दा सुरु भएको छैन ।

नगरपालिकाको बिबादले कामकाजहरु ठप्प भएको कञ्चनरुप नगरपालिका वडा नं २ का वडा अध्यक्ष मेहदी हुसेनले बताए । नपाको वडा नं. २ वडास्तरीय योजनाहरु महादेवपट्टीमा अधुरो आर सिसि ढलानकालागि १२ लाख,दारुन कुरान मदरसामा ७ लाख, नहरको बाटोमा ग्राईभल माटोको काममा ५ लाख, ईसलामपुर महादेवपट्टी मदरसाको मर्मत सम्भारमा ७ लाख,बरमझीया मदरसा मर्मतका लागि ९ लाख,बरमझियाको पटवारी टोलमा नयाँ विद्यालय निर्माणका लागि ८ लाख र ग्राइभल माटोमा ६ लाख, साह टोलका नजिक रहेको डिहवार थानको मर्मतका लागि २ लाख, बरमझिया मण्डल टोलमा हनुमान मन्दिर निर्माणका लागि १लाख ५० हजार र प्रदेश स्तरीय बजेट छठघाटका लागि १० लाख र साविक वडा नं. ५ मा सामुदायिक भवनका लागि २५ लख रहेको सम्पुर्ण योजनाहरुको उपभोक्ता समिति गठन भैई सक्दा पनी नगरपालिकामा बिवादका कारण कामकाजमा अवरुद्ध भएको वडा नम्बर २ का वडा अध्यक्ष मेहदी हुसेनले बताए ।

 

प्रतिक्रिया