कञ्चनरुपका जनप्रतिनिधिलाई आफनो भन्दा छिमेकीको बढी चिन्ता नगरपालिको विपत्त व्यवस्थापन कोषमा २५ लाखभन्दा बढी रकम तर पिडीतले अझै पाएन राहत

  • श्रावण १२, २0७६
  • 0
...

कञ्चनरुप नगरपालिकामा बाढीबाट १२८ जनाको घर पूर्णरुपमा क्षति भएको र २६८ जनाको घर आंशिक रुपमा क्षति भएको तथ्याङ्क कञ्चनरुप नगरपालिका,प्रहरी र जनप्रतिनिधिहरु मिलेर तयार गरेको एक हप्ता वितिसक्यो तर पिडीतहरुले कुनै राहत पाएका छैनन् ।
कञ्चनरुप नगरपालिका–१ वैरवा  र वडा नम्बर ११ एक पटक मात्र होईन चार–चार पटक डुबिसकेको छ । किसानले लगाएको धान खेत बगरमा परिणत भएको छ तर कञ्चनरुप नगरपालिकाका जनप्रतिनिध ‘कूम्भकर्ण’ निन्द्रामा छ ।
‘ वैरवा चार पटक डुबिसक्यो,डाटा तयार छ,तर किन नगरपालिकाले कुनै सहयोग गरेन म स्वयम आश्चर्य चकित छु ।’ वडानम्बर १का वडाअध्यक्ष करिम शेखले भने,‘यही पिडा वडा नम्बर १२का जनातलाई भएको भए सायद केही हुन्थ्यो कि ?’
नगरपालिकामा रहेको विपद व्यवस्थापन समितिको बैठक गत असार ३१ गते बस्यो तर कञ्चनरुपमा पिडीतहरुलाई राहत दिने सवालमा कुनै छलफल भएन,बरु सप्तकोशी नगरपालिकालाई केही सहयोग गर्न सकिन्छ कि भन्ने विषयमा छलफल भएको बैठकमा सहभागी एक जनप्रतिनिधिले बताए ।
नगरपालिकाको विपत व्यवस्थापन कोषमा २५ लाखभन्दा बढी रकम थुप्रेको छ । चालु आर्थिक वर्षमा समेत उक्त कोषमा १५ लाख रकम विनयोजन गरिएको छ  ।तर त्यो किन खर्च भइरहेको छैन ? एक जना कर्मचारीले भने,यसमा मुख्यरुपमा जनप्रतिनिधिका नेताकै सोच बाधक छ ।
कञ्चनरुप नगरपालिकाको विपद व्यवस्थापन कोष कस्को लागि राखिएको हो ? ती कर्मचारीले भने,जनता र जनप्रतिनिधि दुवै दोषी छ । विपदतको यस्तो समयमा समेत सहयोग नगर्ने जनप्रतिनिधिलाई जनताहरुले अझै ‘नमस्कार ठोक्नु बाहेक’ केही गर्न नसकेको कारण पैसा भएर राहत नपाएको ती कर्मचारीले बताए ।
त्यसो त गत साउन ७ गते राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिम्सिनाको नेतृत्वमा आएको टोलीले सप्तकोसी नगरपालिकामा त्रियुगा नदीमा आएको बाढीले र्पुयाएको क्षतिको बारेमा निरीक्षण ग¥यो । उक्त निरीक्षण टोलीमा कञ्चनरुप नगरपालिकाका नगरप्रमुख वसन्तकुमार मिश्र र यही नगरपालिकाको स्थायी बसोबासी राष्ट्रियसभाका सदस्य सुमनराज प्याकुरेल समेत सहभागी थियो । तर उक्त कञ्चनरुप नगरपालिकाबाटै गयो तर यहाँको बाढी पिडीतको अवस्था सोधी खोजी भएन किन ? एक जनप्रतिनिधिले भने,कुरा साफ छ,नगरपालिका अन्तर्गत राजमार्गले समेत धेरै कुराको सिमा निर्धारण गरेको छ,त्यही मुख्य बाँधक हो । संघीय मामिला तथा स्थानीय विकाश मन्त्रालयलले समेत बाढी पीडितको राहत,उद्धारमा २४औं घण्टा खटिन जनप्रतिनिधि र कर्मचारीलाई निर्देशन दिएको छ । तर कञ्चनरुप नगरपालिकामा पिडीतको अवस्था दयनीय छ ।
 

प्रतिक्रिया