नगरपालिकाले तोकेको भन्दा वढी कर लिने क्रम रोकिएन, व्यापारीद्वारा चक्का जाम

  • श्रावण २४, २0७६
  • 0
...

कञ्चनपुर,साउन २४ गते । कञ्चनरुप नगरपालिका( ८ स्थित हटियाको ठेकेदारले नगरपालिकाले तोकेको दर रेट भन्दा बढी कर उठाउन खोजे पछि व्यापारीहरुले त्यसको विरोध गरेका छन ।                     
बिहिवार हटिया स्थित पुर्व पश्चिम सडक व्यापारीहरुले करिब २ घण्टा जाम गरी विरोध गरेका हुन । हटियाका ब्यपारीहरुका अनुसार ठेकेदारले नगरपालिकाले  तोकेको दर रेट भन्दा १० देखि २० रुपैया सम्म प्र्रति व्यापारी उठाउन खोजेको बताइएको छ । “माल समान ल्याउने गाडीको समेत बट्टी माँग गरे पछि हामीले बट्टी नदिदा ठेकेदारले धाकधम्की दिएकोले बाध्य भएर आन्दोलनमा उत्रिनु परेको छ ।” स्थानीय व्यापारी लक्षमण मण्डलले भने “नगरपालिकाले कायम गरेको दररेट हामी तिर्न तयार छौ, थप वट्टी लिन नगरपालिकाले थप सेवा सुविधा दिनु पर्छ ।” अर्का व्यापारी जगरनाथ सिंहले नगरपालिकाले व्यापारी संग कर मात्रै उठाई रहेको बताउदै हटियामा एउटा पनि सार्वजनिक शौचालयको व्यवस्था नभएको वताए । उनले भने कर लिनुको साथै नगरपालिकाले हामीलाई सुविधा पनि दिनुु प¥यो ।         
“हटियामा खुलेआम छाडा पशु चौपायाले हाम्रो तरकारी खाई दिएर सयौको क्षती गर्छ । त्यसको व्यवस्थापन नगरपालिकाले गरेको छैन । हामी ब्यपार गर्नु कि छाडा पशु चौपाया धपाउनु?” स्थानिय आलु ब्यापारी संजिव गुप्ताले भने हामी व्यापारीहरुलाई धेरै मार्का परेको छ । यस सन्र्दभमा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गोरखनाथ मिश्रले हटियाको वट्टी गत बर्षकै कायम  गरेको ले सोही दर रेट उठाउन भनेको बताए । वढी वट्टी उठाएको लिखित जानकारी नभएको भन्दै प्रमुख प्रशासकीय अधिकृत मिश्राले उजुरी आए आवश्यक निर्देशन दिने बताए । तर ठेकेदार संजिव कुमार साह (बव्लु) ले साउन १ गते ठेक्का लिए पनि हाल सम्म नगरपालिकाले हटियाको दर रेट उपल्बध नगराएको दावी गरे । आफुुले पुरानै रेट दरमा बटि लिने गरेको र अहिले सम्म कुनै ब्यपारीहरुलाई कुनै किसिमको धाक धम्की नदिएको हटिया ठेक्दार संजिव कुमार साह(बलु) को भनाई छ ।  गत वर्ष समेत नगरपालिकाले तोकेको दर रेट भन्दा वढी वट्टी उठाएको समाचार अवलोकित दैनिकले प्रकाशित गरेको थियो । तर केही जनप्रतिनिधिकै मिलोमतोमा उक्त कार्य भईरहेकोले जनप्रतिनिधिका नेताहरु यस प्रति मौन रहेका छन ।
 

प्रतिक्रिया