कञ्चनपुर, साउन २४ गते । प्रदेश २ का भूमि ब्यवस्था,कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले बिहीबार कञ्चनरुप नगरपालिका ४८ जना गाईपालन गर्ने किसानहरुलाई नगद ५ हजार सहित सामग्री बितरण गरेको छ ।
श्रीकृष्ण गाई विकाश श्रोत केन्द्र,कञ्चनरुप नपा–९ ले एक कार्यक्रमबीच सो कृषि सामग्री वितरण गरेको हो । किसानहरुलाई गोठ व्यवस्थापन गर्न नगद ५ हजार,कुटी काटेन चाप कटर,दुधको क्यान,विभिन्न औषधी र दूध दिने औषधी समेत कार्यक्रमका प्रमुख अथिति प्रदेश २ का भूमि ब्यवस्थापन,कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साह, कञ्चनरुप नगरपालिका नगरप्रमुख वसन्तकुमार मिश्र,उप–प्रमुख निरु पोरखरेल,वडाअध्यक्ष राजकुमार साह,लक्ष्मण यादब, समाजवादी पार्टीका नेता सूृर्यानाथ यादब,सुदम्बर यादब लगायतका हातबाट उक्त सामग्री वितरण गरिएको थियो । कार्यालयको लागि कुर्सी,दराज समेत व्यवस्थपन गरिएको छ ।
प्रतिक्रिया