सरसफाईमा उत्कृष्ट प्रमाण पत्र पाएको कञ्चनरुप नगरपालिकामा चार महिनासम्म पनि उठ्दैनन् डस्टबिनको फोहोर

  • श्रावण २६, २0७६
  • 0
...

कञ्चनपुर,साउन २५ गते । कञ्चनरुप नगरपालिले विभिन्न चौकहरुमा फोहर फाल्न राखेको डस्टबिनको फोहर चार महिनादेखि नउठाउदा नगरका चौकहरु दुर्गन्धित हुन थालेका छन् ।
    नगरपालिकाले स्वच्छ,सफा सुन्दर नगरको नारा दिएपनि कंचनपुर वेरियर,बजार,रुपनगर,सिमरा,ठेलिया,बरमझिया,महादेपट्टी,बवुवा लगायतका चौकमा कुहिने र नकुहिने फोहरका लागि दुई भिन्दा भिन्दै डस्टबिन उपल्बध गराएका छन् ।
    डस्टबिनमा फोहर जम्मा भएको चार महिना वित्दा पनि नगरपालिकाले फोहर संकलन नगर्दा गन्हाएर चौकमा बस्नै नसक्ने गरी दुर्गन्धित भएको स्थानीय वासीहरुले गुनासा गरेका छन् ।
‘डस्टविन भरिएको चार महिना हुन लाग्नेको छ यसबारेमा नगरपालिकालाई पटक पटक जानकारी गराउदा पनि नगरपालिकाले फोहर फ्याने टाँउ नभएको बाँहान बनाउदै आलटाल गरीरहेको छ ।’ स्थानीय दिलिप गुप्ताले भने ‘ नगरपालिकाले पहिलो प्राथमिकता स्वास्थ्य क्षेत्रलाई राखेको छ,तर चौकमा जम्मा भएको फोहोर उठाउने पूmर्सद छैन ।’ 
    जनप्रतिनिधिहरु पनि कमिशन आउने काममा मात्रै ध्यान दिएको आरोप नगरवासीहरुको छ । ‘कञ्चनरुप नगरपालिकामा सवारी साधनको कमी छैन तर जनप्रतिनिधिहरुको सोच केमा छ हामी बुझन सकैका छैनौं ।’ कञ्चनरुप–८ कासंजय कुमार साह (सोनी)ले भने । 
स्थानीय चुनाव हुनु अगाडीनै नगरपालिकाले फोहर मैला राख्ने २२ लाख लागतमा कञ्चनरुप नगरपालिका–३मा डम्पिङ्ग साईट निर्माण गरेको बर्षौ वित्दा पनि त्यो प्रयोगमा ल्याइएको छैन ।
फोहर मैला समयमा सफा नगर्दा हाम्रो नगरपालिका जिल्लाको  पुरानो नगरपालिका जस्तै हुने त्यसको जिम्मेवार जनप्रतिनिधिहरु हुने काँग्रेस नेता सिकेन्द्र शेखको कथन छ ।
    यस विषयमा नगरपालिकासंग जानकारी लिदा नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृत गोरखनाथ मिश्रले नगरपालिको फोहर फ्यान ठाँउको समस्या रहेको हुदा फोहर जम्मा भएको हुन सक्ने बताए ।
    थुपारिएको फोहर हटाउन सरसफाई तथा खाने पानी योजना शखालाई निर्देशन दिई सकेको मिश्रले अबलोकित दैनिकलाई बताए ।

प्रतिक्रिया