कञ्चनपुर,साउन २६ गते । कञ्चनरुप नगरपालिको नगर प्रमुख बसन्त कुमार मिश्रले देश भरीमै आपूm गाडी नचडने पहिलो मेयर भएको दावी गरेको छ ।
शनिवार कञ्चनरुप नगरपालिका ९ स्थित रुपनगरमा रुपनगर किसान बहुउद्देश्य सहकारी संस्था लिमिडेको उद्घाटन समारोहमा मेयर मिश्रले कुरा बताएका हुन् । नगरपालिकामा कुनै स्वार्थ बिना जनताको समस्या बारेमा विहान ८ बजे देखि राति ८ बजेसम्म कार्य गर्दै आएको दावि नगरप्रमुख मिश्रले गरे । ‘नगरपालिकामा जबसम्म सहकारीहरुको विकास हुदैन,तबसम्म नगरपालिकाको विकास हुन नसक्दैन ।’ नगर प्रमुख मिश्रले भने,‘नगरपालिकाका जनता कृषिमा निर्भर रहेको हुदा कृषिलाई प्राथमिकतामा राखेका छौं । चँन्द्र नहरको पश्चिम तर्फ नगरपालिकाको क्षम्ता अनुसार सिंचाईको ब्यवस्था गर्न लागिरहेका छौं ।’ नगर प्रमुख मिश्रले सप्तरीमा जति नगरपाकिाको मेयरहरु छन् ती भन्दा आफु कुनै पनि किसिमले कमजोर नरहेको हुदा नगरपालिकाको विकास गर्न सबै नागरीकहरुको सहयोगको आवश्यकता रहेको बताए ।
कार्यक्रमको विशिष्ट अथिति वडा अध्यक्ष लक्षमण यादवले नगरपालिकामा नाफा मुखि र ब्यापारी मुखि सहकारी अत्याधिक भएको हुदा यस सहकारीलाई त्यस दिशा तर्फ नगई किसान,दलित, गरिव, मजदुरहरुको समस्या प्रति कार्य गर्ने आग्रह गरे । रुपनगर किसान सहकारी संस्थाका अध्यक्ष रोहित यादवको अध्यक्षता संचालन कार्यक्रममा श्रीकृषण गाई विकास केन्द्रका अध्यक्ष रामसुन्दर यादव,समाज सेवी भुमनेश्वर यादव र रमेश यादव लगायतका बक्ताहरुले शुभकामना मन्तब्य ब्यतm गरेका थिए । सोह कार्यक्रममा संचालन कमल राईले गरेका थिए ।
प्रतिक्रिया