कञ्चनपुर, साउन २६ गते । कञ्चनरुप नगरपालिका(८ स्थित हटियाको ठेकेदारले नगरपालिकाले तोकेको दर रेट भन्दा बढी कर उठाउन खोजे पछि व्यापारीहरुले त्यसको विरोधमा आन्दोलन गरेपछि आज व्यापारीहरुलाई नगरपालिकाले वार्ताका लागि बोलकाएका छन् । गत बिहिवार हटिया स्थित पुर्व पश्चिम सडक व्यापारीहरुले करिब २ घण्टा जाम गरी विरोध गरेका थिए । हटियाका ब्यपारीहरुका अनुसार ठेकेदारले नगरपालिकाले तोकेको दर रेट भन्दा १० देखि २० रुपैया सम्म प्र्रति व्यापारी उठाउन खोजेको बताइएको छ । माल समान ल्याउने गाडीको समेत बट्टी माँग गरे पछि बाध्य भएर व्यापारीहरु आन्दोलनमा उत्रिएका छन् । व्यापारी जगरनाथ सिंहले नगरपालिकाले व्यापारीलाई आज(आईतबार) वार्ता गर्न पत्राचार गरेको बताए। गत वर्ष समेत नगरपालिकाले तोकेको दर रेट भन्दा वढी वट्टी उठाएको समाचार अवलोकित दैनिकले प्रकाशित गरेको थियो । तर केही जनप्रतिनिधिकै मिलोमतोमा उक्त कार्य भईरहेकोले व्यापारीहरुको आरोप छ ।
प्रतिक्रिया