हटियाका व्यापारीहरुको एउटा माँग पुरा

  • श्रावण २७, २0७६
  • 0
...

कञ्चनपुर, साउन २७ गते । कञ्चनरुप नगरपालिका–८ स्थित हटियाका व्यापारीहरुको एउटा माँग पुरा भएको छ ।                 
      ठेकेदारले नगरपालिकाले तोकेको दर रेट भन्दा बढी कर उठाउन खोजे पछि व्यापारीहरुले त्यसको विरोधमा आन्दोलन गरेपछि आईतवार व्यापारीहरुलाई नगरपालिकाले वार्ताका लागि बोलाएका थिए । तर प्रमुख प्रशासकीय अधिकृत गोरख नाथ मिश्र विदामा भएकोले व्यापारीहरु बर्ताको संग गर्ने केही समय अलमलीएका थिए । व्यापारीहरुले मिनि ट्रक नगरपालिका परिसरमा लगेर गेट जाम गरेका थिए । नगरपालिकामा व्यापारीहरुले आप्mनो माँग विहिवारै दिए पनि नगरप्रमुख वसन्त कुमार मिश्राले फेरी माँग पत्र ल्याउन भने पछि व्यापारीहरु आक्रोशित भएका थिए । व्यापारीहरुले तत्काल नगरप्रमुखले समस्या सामाधान गर्नु पर्ने बताए पछि नगरप्रमुख मिश्रले १२ वजे सम्म तरकारी बोकेको गाडी ल्याउदा कुनै कर नलाग्ने प्रतिवद्धता व्यक्त गरे पछि व्यापारीहरु त्यसमा सहमत भएका थिए । व्यापारी जगरनाथ सिंहका अनुसार नगरपालिकाले व्यापारीहरुको एउटा माँग मात्रै सम्बोधन गरेको बताउदै हटियामा सौचालयको व्यवस्था गर्नु पर्ने माँग अझै पुरा नभएकोले व्यापारीहरु संगठित भई आवाज उठाउने बताए । हटियाका ब्यपारीहरुका अनुसार ठेकेदारले नगरपालिकाले  तोकेको दर रेट भन्दा १० देखि २० रुपैया सम्म प्र्रति व्यापारी उठाउन खोजेको थियो । तर व्यापारीहरुको विरोध र अवलोकित दैनिकले समाचार प्रकाशित गरेपछि तोकिएकै दररेट उठाउन थालेका छन । हटियाका ठेकेदार संजय कुमार साह (वव्लु) ले नगरपालिकाले शौचालय, विजुली, टुवेल र हटियामा माटो पुर्ने काम नगरेकोले आफुलाई वट्टी उठाउन समेत समस्या भएको बताए । 

प्रतिक्रिया