कञ्चनरुपमा थप दुई जनामा डेंगु संक्रमण

  • श्रावण २७, २0७६
  • 0
...

कञ्चनपुर, साउन २७ गते । कञ्चनरुप नगरपालिका– ६ र ८ मा थप दुई जना मा डेंगुको संक्रमण देखीएको छ ।

         
कञ्चनरुप ८ का ४० वर्षीय तारनि चौधरी र वडा नं. ६ का २१ वर्षीय मनोज कुमार ठाकुरलाई डेंगु संक्रमण देखिएको हो । चौधरी धरान स्थित विधुत कार्यालयमा कार्यरत रहेको र ठाकुर साथीलाई भेट्न धरान जाँदा डेंगु संक्रमण भएर आएको बताईको छ । चौधरीलाई गत साउन २२ गते र ठाकुरलाई आईतवार प्रथमिक स्वास्थ्य केन्द्र कञ्चनपुरमा स्वास्थ्य जाँचका क्रममा डेंगु संक्रमण भएको पाइएको स्वास्थ्य शाखाका संयोजक सिनियर अहेव डम्बर प्रसाद गुप्ताले बताए ।  

   
यस अघि वडा नं. ६ कै रमाकान्त चौधरी र अर्का एक जनामा डेंगुको संक्रमण देखिएको थियो । पूर्वी तराईको झापा,मोरङ्ग र सुनसरीमा फैलिएकोे डेंगु रोग कञ्चनरुप नगरपालिकाभित्र फेला परेको हो । नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख डम्वर गुप्ताले प्राथमिक स्वास्थ्य केन्द्र कञ्चनरुपको ल्याबमा चेकजाँच गर्दा चौधरीलाई डेंगुको संक्रमण देखिएको जानकारी दिए । स्वास्थ्य शाखा संयोजक गुप्ताका अनुसार कञ्चनरुपमा रोग नफैलिएको तर काम विशेषले धरान जाँदा त्यहीवाट रोग लिएर आउने  गरेको बताए ।


नगरपालिका भरि यस अघिनै स्वास्थ्य स्वयम मार्फत पानी जमेको ठाउमा मट्टीतेल छर्केको र अभियानहरु सञ्चालन गरेको संयोजक गुप्ताले बताए । यसअघि डेंगुका बिरामी धेरै भेटिएपछि धरान उपमहानगरपालिकालाई डेंगु प्रकोप क्षेत्र घोषणा गरिएको छ । बिरामीको संख्या निरन्तर बढिरहेकाले डेंगु प्रकोप क्षेत्र घोषणा गरिएको हो। धरानमा सबैभन्दा बढी वडा नम्बर १५ र ८ मा डेंगुका विरामी भेटिएका छन्। ती वडालाई डेंगु संकटग्रष्त क्षेत्रघोषणा गरिएको छ। एकै परिवारका चारै जनामा समेत डेंगुको संक्रमण देखिएको छ । 

               
डेंगु एक प्रकारको ज्वरो हो। यो लामखुट्टेको टोकाइबाट सर्ने संक्रामक रोग हो । डेंगुको भाइरसद्वारा संक्रमित भएको एडिस एजिप्टाई जातको पोथी लामखुट्टेले यो रोग सार्दछ। यो रोग सार्ने लामखुट्टे ग्रामीण क्षेत्रभन्दा सहरी क्षेत्रमा बढी पाइने गर्दछ। डेंगुको संक्रमण भएपछि एक्कासी उच्च ज्वरो आउने र ५ देखि ७ दिनसम्म रहने, टाउको दुख्ने, आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने, ढाड, जोर्नी तथा मांसापेशिहरू दुख्ने, शरीरमा विमिरा आउने, वाकवाकी लाग्ने, पेट दुख्ने, नाक वा गिजाबाट रगत बग्ने, रक्तश्राव हुने वा शरीरमा रगत जमेको दागहरू देखापर्ने, बेहोस हुने आदि लक्षणहरू देखा पर्ने चिकित्सकहरु वताउँछन् ।

 

प्रतिक्रिया