अवलोकित समाचारदाता
कञ्चनपुर, साउन २८ गते । कञ्चनरुप नगरपालिकाक विभिन्न ठाउँहरुमा उपभोक्ता समिति र ठेक्केदारहरुले सडक निमार्ण गर्दा विद्युतको पोल यथास्थानमै राखेका कारण सवारीसाधनलाई आवत जावतमा समस्या सिर्जना भएको छ । कञ्चनरुप नगरपालिका–८ हटियाको जाने सडकमा बीच नालामा नै पोल परेको छ तर त्यो पोल नसार्दा पानी बग्न समस्या उत्पन्न भएको छ । कञ्चनरुप नगरपाकिा–६मा समेत सडक बनाउदा पोल सारिएको छैन ।
कञ्चनरुप नगरपालिका–८ पासवान टोलमा आरसीसी ढलान गरेपनि सडक एक चौथाईबीचमा परेको पोल नसार्दा ठूलो सवारी साधन बाटोमा जान अवरोध भएको छ । ‘ ग्राभेलमा भएको सडकमा दायाँबायाँ चेपेर पनि १० चक्के सवारी साधन सडकमा गुडिरहेको थियो तर सडक आरसीसी ढलानभएदेखी ठूला सवारी साधन आउने बन्द भएको छ ।’ स्थानीय एक जनाले भने,‘ नगरपालिकाले ठोस विकाश गरेको दावी त गर्छ,तर काम त्यस्तो भएको देखिएको छैन । ’कञ्चनरुप नगरपालिकाका नगरप्रमुख वसन्तकुमार मिश्रले पोलको समस्या रहेको स्वीकार गर्दै विद्युत कार्यालयबाट पोल सार्दा महगो पर्ने भएकोले चालु आर्थिक वर्षमा पोल उखालेर साने मेसिन खरीद गर्न रकम छुट्याएको बताए ।
नगरपालिकामा विकाश निमार्ण कामको अनुगमन गर्न गठित समितिका संयोजक उप–प्रमुख निरु पोखरेललाई बीच सडकमै पोल छ,त्यसलाई छोडेर आरसीसी ढलान गरिएको छ के हेरेर तपाई हरु बजेट पास गर्नुहुन्छ भन्ने प्रश्नको उत्तरमा पोल सारिएपछि बाँकी काम उपभोक्ता वा ठेक्केदारले गर्ने शर्तमा बजेट पास गरिएको संयोजक पोखरेलले बताइन् ।
नगरप्रमुख मिश्रकै लाईनमा उप–प्रमुख पोखरेलले समेत पोल सार्ने दिर्घकालिन समस्या समाधानका लागि मेसिन खरीद गर्न लागिएको र नगर भित्रको पोलसँग सम्बन्धित सबै समस्या समाधान हुने बताइन् ।
प्रतिक्रिया