अवलोकित समाचारदाता
१.सडक निमार्णमा मुख्य प्राथमिकतामा
१.तिरहुत गाउँपालिकाको कुनै पनि सडक राजमार्गसम्म जोडिएको अवस्था थिएन । वर्षायाममा गाउँपालिका जान समेत सर्वसाधरणलाई अप्ठेरो भइरहेको थियो । गाउँपालिकाले सडक निमार्णलाई प्राथमिकतामा राखेर काम गरीरहेको छ । गत आर्थिक वर्षमा तिरहुत गाउँपालिका–५मा एक किलोमिटर,वडा–३मा बहिरी खातादेखी विरेन्द्र महत्मानको घरसम्म १६ सय मिटर,वडा–१मा हाइवेदेखी वैरवासिमासम्म १५ सय मिटर सडक,वडा–१मा नै महुलीबाँधदेखी कूलदेव ठाकुरको घरहुदै सम्मपूर्ण मल्लाह टोलमा रिङ्गरोड निमार्ण भएको ।वडा–१मा पलारदेखी गेविन्द लगबरको घरसम्म ९ सय मिटर सडक ग्राभल भएको छ ।वडा –१मे डोमबस्तीदेखी कृषि सडकसम्म १८ सय मिटर माटो ग्राभेल भएको छ । वडा–२मा ३२सय ५० मिटर माटो र २३ सय मिटर ग्राभलको काम भएको,वडा कार्यालयको बाउण्डरी वाल गेट समेत निमार्ण भएको र दलित समुदायका लागि सामुदायिक भवन निमार्ण भएको छ । त्यस्तै वडा –४मा ढेडा सिमानादेखी बिर्ताटोल हुदै छोटीनहरसम्म १हजार ४० मिटर,लक्षमिनियासिमानादेखी डिहबारबाबा थानसम्म करिब ७ सय मिटर माटो ग्राभल र सोही वडामा बजरंगबली मन्दिरदेखी पश्चिमजाने बाटोमा माटो ग्राभेल र होमपाईप जडान भएको छ ।
२. लोहजरा दहमा गेट र अधुरो भवन निमार्ण
तिरहुत गाउँपालिका–५ स्थित लोहजरा दहमा गेट निमार्ण र अधुरो पर्यटकीय भवन निमार्ण भएको छ । ४० लाख रकम विनयोजन भएकोमा ३५ लाख ७५ हजार ७ सय रुपैया लिागतमा उक्त गेट र अधुरो भवन निमार्ण कार्य सम्पन्न भएको छ । प्रदेशकै नमूना पर्यटकीय क्षेत्रको रुपमा विकाश गनृ संघीय र प्रदेश सरकारसँगको सहकार्यमा समेत थप काम भइरहेको वडा नमबर ५का वडाअध्यक्ष रमानन्द चौधरीले बताए । वडाअध्यक्ष चौधरीका अनुसार लोहजर दहलाई प्रदेश पर्यटकीय क्षेत्रमा सूचिकृत गर्न प्रयास भइरहेको जनाए ।
३.सय किसानको खेतमा बोडिङ्ग जडान तिरहुत गाउँपालिकामा सिचाई नपुगेका खेतमा बोडिङ्ग मार्फत सिचाई गर्ने योजना अनुसार आर्थिक वर्ष २०७४÷०७५मा उपभोक्ता समिति मार्फत ६५ लाखको बराबर बोडिङ्ग खरीद भएको थियो । तर जडान हुन बाँकी थियो । आर्थिक वर्ष २०७५÷०७६मा ५० लाख बजेट विनयोजन भएकोमा ४८ लाख ५० हजार लागतमा ८९ थान बोडिङ्ग खरीद भएको छ । जसमध्ये एक सय जना किसानको खेतमा बोडिङ्ग जडान भइसकेको छ । गत आवमा बाँढीका कारण सबै बोडिङ्ग जडान हुन सकेन तर चालु आर्थिक वर्षको सुरुवातसँगै जडान कामले निरन्तरता पाएको छ । ६० प्रतिशत अनुदानमा सो बोडिङ्ग जडान भइररहेको छ ।
४.प्रधानमन्त्री स्वरोजगार कार्यक्रमबाट दुई सय जनाले रोजगारी पायो
प्रधानमन्त्री स्वरोजगार कार्यक्रमको लागि आर्थिक वर्ष २०७५,०७६मा कूल रकम २८ लाख ७ हजार आएकोमा १५ लाख ९२ हजार ३ सय सात रुपैया खर्च भएको छ । जसमा तलबमा ९७ हजार ५ सय र मसलन्दमा ३२ हजार,कार्यक्रम खर्च २ लाख ७० हजार ८ सय ,अनुगमन मूल्याकंनमा ५ हजार र विविध खर्चमा ३१ हजार र निमार्ण सामग्रीमा २ लाख एक हजार ३ सय आठ भएको छ ।र, काम गर्ने गर्नेको दुई सय जना व्यक्तिको खातामा ९ लाख ९४ ६ सय ८४ गएको छ । उक्त रकमबाट वडा नम्बर ४मा वाटोमा माटो पुर्ने काम र वडा नम्बर २मा नाला निमार्ण,वडा नम्बर १मा कुलौपैनी मर्मत भएको छ ।
५.स्थानीय पूर्वाधार विकाश कार्यक्रमले आरसीसी ढलान
स्थानीय पूर्वाधार विकाश साझेदारी कार्यक्रम अन्र्तगत कूल रकम ६९ लाख ७२ हजार रकममध्ये वडा नम्बर ४मा आरसीसी ढलानमा ५५ लाख ,वाड नं. ३मा माटो ग्राभलमा १४ लाख ७२ हजार उपभोक्ता समिति मार्फत काम भएको छ । सडकमा आरसीसी ढलान भएपछि धेरै राहत भएको वडा नम्बर ४का हरेराम यादब( गुगली)ले बताए ।
६.पोषण कार्यक्रम अन्तर्गत एक सय २० महिलालाई ६ सय कुखुराको चल्ला
वहुक्षेत्रिय पोषण कार्यक्रमका लागि संघीय सरकारबाट कूल १२ लाख ५४ हजार रकममध्ये २ लाख ४० हजार कर्मचारीको तलब र कृषि,शिक्षा,स्वाथ्य र पशु सम्बन्धी कार्यक्रम वडा नम्बर ३ र २मा भएको विषयगत शाखा मार्फत कार्यक्रम सम्पन्न भएको छ ।
वडा नम्बर २ र ३का १२० जना गर्भवत्ति र सुत्तकेरी महिलालाई ५ ओटाका दरले ६ सय चल्ला वितरण गरिएको छ । त्यस्तै १सय २० जनालाई नै हात धुने सामग्री(बाल्टीन,वाटा,साबुन र रुमाल) वितरण गरिएको थियो । सोही कार्यक्रम अन्तर्गत १०० जना बालबालिकाहरुलाई ब्याग,टिफिन बक्स,पानी बोतल वितरण गरिएको थियो । साथै गरिब,विपन्न तथा दलित समूहका सुनौलो हजार दिनका महिलालाई पोषण सम्बन्धी एकिृकृत तालिम दिइएको थियो ।
७. गाउाँपलिकामा एमबुलेन्स खरीद भएपछि सहज
गाउँपालिकामा एउटा पनि एमबुलेन्स थिएन,जसले गर्दा जनतालई थप उपचार गर्न बाहिर लैजानु पर्दा समस्या भइरहेको थियो । आर्थिक वर्ष २०७५,०७६मा गाडी खरीदका लागि कूल १ करो ६० लाख रकम विनयोजन गरिएकोमा राष्ट्रिय पत्रिकामा सिलबन्दी बोलपत्र अह्वान गरी एमबुलेन्स,ब्याकहोल रोडर(जेसीबी),ट्रयाक्टर, स्कारपियो तथा एउटा मोटरसाइकल समेत खरीद गरिएको छ । सवारी साधन खरीदमा कूल खर्च १ करोड ३२ लाख १८ हजार भएको छ । गाउँपालिकाको आफनै सवारी साधन भएपछि विकाश निमार्ण कार्यमा सहजता भएको छ ।
८.तराई मधेश समृद्धि कार्यक्रम
तराई मधेश समृद्धि कार्यक्रम अन्तर्गत संघीय सरकारबाट योजना तोकेर आएको ६० लाख र गाउँपालिकाबाट १० प्रतिशत समते गरी ६६ लाख रकम उपभोक्ता समिति मार्फत वडा नम्बर १ त्रिकौलको दुई ठाउँमा ३०÷३० लाख रकमले आरसीसी ढलान भएको छ । आरसीसी ढलानभएपछि बाटोमा हिडन् सहज भएको र काम पनि ठोस भएको स्थानीय पवन यादबले यादबले बताए ।
९. पौल र ट्रान्सफरमर खरीद
गाउँपालिकामा विद्युत पहुँच नपुगको दलित समुदायलाई मिटर जडान गर्न धरौटी वापतको एक हजार रकम गाउँपालिकाले तिरीदिएको छ । ७ सय जना दलित समुदाय यसबाट प्रत्यक्ष रुपमा लाभानिवत भएको छ । वडा नम्बर –३का हरी सरदारले विद्युतमा पहुँचका लागिगउँपालिकाले दलितका लागि सराहनीय काम गरेको बताए । विद्युतीकरण अन्तगएत नै प्रत्येक वडालाई १५–१५ थान पौल वितरण गरेको र वडा नम्बर ३मा एउटा ट्रान्सफरम खरीद गरिएको छ । आवश्कताका आधारमा पौल जडान गरिनेछ ।
१०.माबि संचालन
तिरहुत गाउँपालिकामा २ ओटा माबि मात्र रहेकोमा वडा नम्बर ५ स्थित लोहजरामा माबि विदालय संचालन भएपछि स्थानीय बालबालिकाहरुर्ला पठन पाठनमा सहयोग पुगेको छ । गाउँपालिकाबाटै २ जना माबि शिक्षक भर्ना गरेर गुणस्तरीय शिक्षाका लागि सहयोग गरेको छ ।
प्रतिक्रिया