अवलोकित समाचारदाता
कञ्चनपुर,भदौ ९गते । तिरहुत गाउँपालिकाले गत आर्थिक वर्ष २०७५÷०७६मा विकाश निमार्णको कूल बजेटको ८३.७९ प्रतिशत र चालु खर्च ७४.५ प्रतिशत भएको छ ।
गाउँपालिकाको कूल २७ करोड ६३ लाख ६७ हजार ५ सय ९२ रहेको थियो । जसमा चालुतर्फ १४ करोड २० लाख ८२ रुपैया र पूजिगततर्फ १३ करोड ४३ लाख ६७ हजार ५ सय ९ रुपैया रहको थियो ।
गाउँपालिका स्तरीय कार्यक्रम अन्तर्गत वित्तिय व्यवस्थापन र शुसानमा ३३ लाख बजेट रहेकोमा खर्च १५ लाख ५० हजार। संस्गागत विकाश तथा सेवा प्रवाहमा ४१ लख ४० हजार बजेटमा खर्च २८ लाख ५० हजार एक सय ९०,बतावरण तथा विपद व्यवस्थापनमा ५ लाख बजेट रहेकोमा सबै खर्च भएको,पूर्वाधार विकाशमा ५ करोड ५३ लाख ७७ हजार ५ सय रकममध्ये खर्च ५ करोड ३१ लख ४५ हजार ६ सय भएको,समाजिक विकाशमा ८८ लाख ५० हजार बजेटमा ६८ लाख ४५ हजार ढ सय खर्च भएको,आर्थिक विकाशमा ४० लाखमा ३५ लाख ७५ हजार ७ सय खर्च भएको,लक्षित वर्गका लागि १८ लाख बजेटम खर्च १८ लाख भएको छ ।वातावरण विपद वयवस्थापन कोष २१ लाख बजेटमा १९ लाख ८० हजार ९ सय ९० खर्च भएको छ ।
समपुरक कोषमा ४० लाखमा ६ लाख खर्च भएको छ । कार्यालय संचालन पुजीगत ( सवारी साधनसमेत) १ करोड ८३ लामा खर्च १ करोड ४८ लाख ८५ हजार ७ सय ९० खर्च भएको छ । वडास्तरमा प्रत्येक वडालाई ५६ लाखका दरले २ करोड ८० लाखमध्ये प्रत्येक वडालाई ६ लाख प्रशासनिक खर्च कूल ३० लाखमध्ये खर्च विकाश निमार्णमा २ करोड २५ लाख १ हजार तीन सय ९० र प्रशासनिक ३० लाखमध्ये २४ लाख ३६ हजार ७ सय ९२ खर्च भएको छ ।
प्रतिक्रिया