बाढी पिडितको राहत रकम जनप्रतिनिधि र वडा सचिव अनियमिता गरेको भन्दै बाढी पिडितहरुले कार्यवाही

  • भाद्र १0, २0७६
  • 0
...

कञ्चनपुर,भदौ १० गते । सप्तरीको कञ्चनरुप नगरपालिका १ मा बाढी पिडितको राहत रकम जनप्रतिनिधि र वडा सचिव अनियमिता गरेको भन्दै कार्यवाहीको लागी बाढी पिडितहरुले नगरपालिकामा निवेदन दिएका छ ।

गत साउनको पहिलो साता परेका अबिरल वर्षाका कारण नगरपालिकामा १ सय २१ जनाको घर पूर्णरुपमा क्षति भएको थियो । वडा नम्वर १ मा मात्र १ सय १५ जनाको घर पूर्णरुपमा क्षति भएको पिडितहरुको लागी वडा कार्यालयमा नगरपालिकाबाट ५ लाख ८६ हजार ५ सय आएको रकममा जनप्रतिनिधिहरु र वडा सचिव वडा कार्यालयमा आएको रकम कुनै छलफल नगरी वडा सदस्य सिताराम यादवको घरमा ५ हजार १ सयमा सहिछाप  गराई ४ हजार देखि लिएर ४ हजार ५ सय रकम बाढी पिडितहरुलाई मात्र वितरण गरेको बाढी पिडितहरु निवेदनमा उल्लेख छ । सोह निवेदनमा बाढीले क्षति नपु¥याएका ब्यतिmत्वहरुलाई तथा आफना नाता गौता भएका ब्यतिmत्वहरुलाई समेत रकम वितरणमा भएको निवेदनमा लेखिएका छन ।

बाढी पिडित रामदेव यादवले भने जनप्रतिनिधिहरु र वडा सचिवले गरेको अनियमिताको छाबिन गरी दोषीलाई करवार्हिको माग गर्दै वडामा छुटिएका घर धुरिमा पुर्ण अनुगमन गरी बास्तबि बाढी पिडित भएका ब्यतिmहरुलाई क्षति पुत्तिको समस्या बारेमा नगरपालिकाले तीन दिन भित्र नगरेमा वडा कार्यालयमा ताला बन्दी गरी नगरपालिका घेराउ कार्यक्रम गर्ने यादवले जनाएका छन ।

यस विषयमा वडा अध्यक्ष करिव शेख संग जानकारी लिदा अध्यक्ष शेखले वडामा १ यस १५ घर पूर्ण क्षति र ४ सय ७७ समान्य क्षति भएको हो जस मध्ये पूर्ण क्षति भएका घरहरुको राहत सोरुप ५ हजार १ सयको दरले नगरपालिकाबाट रकम आएको हो । सोह करममा अनियमितता गर्ने जनप्रतिनिधि र सचिव दोषीलाई  वडा कार्यालयले करर्वाहि गर्ने जनाएका छन ।

नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृति गोरखनाथ मिश्रले राहत करम अनियमिता गर्ने जनप्रतिनिधि र सचिवको लिखित जानकारीको अधारमा अनुसधान गरी दोषीलाई नगरपालिकाबाट करवार्हि गर्ने प्रमुख प्रशासकिय अधिकृत गोरखनाथ मिश्रले जनाएका छन । 

प्रतिक्रिया