फर्जी बालमैत्री नगरपालिकाका घोषणा गर्न लाखौं रकम खर्च गर्ने तयारी : आज कार्यपालिकाको बैठक बस्दै, नगरका विद्यालयहरुमा ४० प्रतिशत भन्दा कम विद्यार्थी

  • भाद्र १४, २0७६
  • 0
...

कञ्चनपुर,भदौ १४ गते । कञ्चनरुप नगरपालिकाले नगरपालिकालाई अगामी भदौ १९ गते ‘फर्जी’बालमैत्री नगर घोषणा गर्न भव्य तयारी गर्दैछन् । बालमैत्री नगर घोषणाको भव्यताका लागि लाखौं रकमको व्यवस्थापनका लागि आज कार्यपालिकाको बैठक बस्दैछ ।
    नगर प्रमुख बसन्त कुमार मिश्रको संयोजकत्वमा मूल समिति र उपप्रमुख निरु पोखरेलको संयोजकत्वमा अतिथि सत्कार समिति तथा १९ वटा उपसमितिहरु समेत गठन गरी घोषणा कार्यक्रमलाई भव्य रुपमा सफल बनाउन तयारीको लागि शनिबार कार्यपालिकाको बैठकमा समेत राखिएको एक जना वडाअध्यक्षले जनाए ।
    बालमैत्री नगरपालिका घोाषणाबारे विद्यालयका प्रअहरु  धारणा र शिक्षाको अवस्था बुझन अवलोकित दैनिकको टिम कञ्चनरुप नगरपालिका भित्रका करिब एक दर्नन भन्दा बढी विद्यालयको स्थलगत अनुगमन ग¥यो  । 
    विद्यालयमा ४० प्रतिशतभन्दा कम विद्यार्थी कञ्चनरुप नगरपालिका वडा–१ स्थित लक्ष्मीनरायण माबिमा कूल ५ सय २६ जना विद्यार्थीमा शुक्रबार १ सय १७ जना ( २२ प्रतिशत) ,वडा –३ स्थित अधारभूत विद्यालय बरमझियामा कूल ३ सय ८८ विद्यार्थीमा १ सय ७६ जना (४५ प्रतिशत), वडा–११ स्थित भुवनपट्टी अधारभुत  विद्यालयको कूल ३ सय १० मध्ये १ सय १४ जना ( ३६ प्रतिशत), अधारभूत विद्यालय जगतपुरमा कूल दुई सय ५० जनामा ९० जना( ३६ प्रतिशत) विद्यार्थी मात्र विद्यालयमा उपस्थित रहेको थियो ।
    नगरप्रमुख वसन्तकुमार मिश्रको घर अगाडी रहेको बालमैत्री विद्यालयको विजोग छ । कूल १ सय ८४ मध्ये १ सय १० जना ( ५९ प्रतिशत) विद्यार्थी मात्रै विद्यालय आएको देखियो । उक्त विद्यालय एक दशक अघि नै बालमैत्री विदालय घोषणा भएपनि खने पानी,शौचालय र खेल मैदानको अवस्था विजोग रहेको छ ।


कञ्चनरुप नगरपालिका–१० स्थित जनता आधारभूत विद्यालयको कूल १ सय ८३ विद्यार्थीमध्ये २७ जना ( १४ प्रतिशत) मात्र उपस्थित भएको देखियो । सोही वडा स्थित प्राथमिक विदालय भोड्हामा कूल १ सय ५५ जना विद्यार्थीमा ५६ जना (३६ प्रतिशत) मात्र उपस्थित  रहेको थियो । विद्यालयमा २५ लाख लागतमा बाउण्ड्रीबाल लगाइएपनि छात्र–छात्राका लागि छुटा छुटै शौचालय छैन । प्राथमिक विद्यालय भोड्हा मात्रै हाईन नगरपालिका अधिकाश प्राथमिक विद्यालयमा छात्र–छात्राका लागि छुटा छुटै शौचालय छैन,भए पनि संचालनमा छैन । कतिपयमा बिग्रेको अवस्था छ ।
नगरपालिकाले पहिलो प्राथमिकतामा  राखेको शिक्षाको यो दुरर्वस्थालाई सुधार गर्नुका सट्टा लाखौ रकम खर्च गरेर नगरपालिकालाई ‘फर्जी’बालमैत्री नगर घोषणा गर्नु खुलमखुल्ला भ्रष्टार हुने नाम उल्लेख नगर्ने शर्तमा एक जना प्रधानाध्यापकलृे अवलोकितलाई  बताए ।

प्रतिक्रिया