कञ्चनपुर,भदौ १५ गते । प्रहरीले सप्तरीको कञ्चनरुप नगरपालिका–४ बाट अवैध घरेलु मदिरा सय लिटर र रक्सी बनाउने कच्चा पदार्थ तीन सय १० लिटर बरामद गरी नष्ट गरेको छ ।
शनिवार विहान ८ :३० बजे ईलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक (डिएसपी) मुकेन्द्र कुमार मिश्र नेतृत्व प्रहरी टोलीले केही व्यक्तिको घरबाट मदिरा र मदिरा बनाउने कच्चा पदार्थ नियन्त्रणमा लिएर नष्ट गरेका हुन् ।
अवैध घरेलु मदिराले हिंसा बढाउनुका साथै घर बिगार्ने तथा समाजमा विकृती फैलाउन मद्दत गरीरहेकोले सबै मिलेर नियन्त्रण गर्नु पर्ने डिएसपी मिश्रले बताए ।
प्रतिक्रिया