कञ्चनपुर,भदौं १५ गते । कञ्चनरुप नगरपालिका दुई–दुई पटक खुल्ला दिसा मुक्त क्षेत्र घोषणा भएपनि नगर भित्र अझै करिब ३० प्रतिशतले खुल्ला ठाउँमै दिशा पिसाब गर्ने गरेको पाइएको छ ।
कञ्चनरुप नगरपालिका अन्र्तगत अधिकाश बस्तीमा अहिले पनी खुल्ला ठाउँमै दिशा पिसाब फेर्ने गरेको पाइएको छ ।
कञ्चनरुप नगरपालिका –४ धनकट्टाको बाँध छेऊको दलित वस्तीमा करीब सय घरधुरीमा अझै पनि ६० घरधुरीका व्यक्ति खुल्ला ठाउँमा शौच गर्ने गरेको पाइएको छ । स्थानीय देव नरायण सदा,राजकुमार सदा,प्रेम सदा,श्याम कुमार सदा,मनोज सदा,भगैयाँ सदा,राम देव सदा, हेम नरायण सदा,जय नरायण सदा,दुखी सदा,बद्री सदा,जोगिन्द्र सदा,सुकिन सदा,शिवनरायण सदा,नटाई सदा लगायत ३० घरदुरी मध्ये ८ घरदुरीमा मात्र चर्पी रहेको स्थानिय देवनरायण सदाले बताए ।
त्यस्तै मुखिया टोलमा प्रमेश्वर मुखिया,धैनकु मुखिया,संतोष मुखिया,तेतर मुखिया,उपेन्द्र मुखिया,जोगेन्द्र मुखिया,हरदेव मुखिया,बच्चु मुखिया,ललित मुखिया,बुद्घिलाल मुखिया,सुरज मुखिया,बिरेन्द्र मुखिया,कृत नरायण मुखिया लगायत ४५ घरदुरी मध्ये ११ घरदुरीमा सोचालय नरहेको भएकाहरु बाहिर दिसा गर्ने गरेको स्थानियले बताए ।
सप्तरीको कञ्चनरुप नगरपालिकालाई २०७४ साल बैशाख १८ गते खुल्ला दिशा मुक्त घोषणा गरेको थियो । कञ्चनरुप नगरपालिकाका नि.कार्यकारी अधिकृत धिरेन्द्र कुमार यादवको अध्यक्षतामा खानेपानी तथा सरसफाई डिभिजन कार्यालय सप्तरीका केन्द्र प्रसाद यादव र स्थानिय विकास अधिकारी जिल्ला समन्वय समितिको कार्यालय सप्तरीका सुदेव कुमार पोखरेलको प्रमुख आतिथ्यमा घोषणा गरेको थिए ।
त्यसअघि उपराष्ट्रपति परमानन्द झाले कञ्चनपुर गाविस भएको बेला कञ्चनपुरलाई खुल्ला दिशा मुक्त क्षेत्र घोषणा गरेका थिए ।
प्रतिक्रिया