बालमैत्री नगर कञ्चनरुपमा जन्मदर्ता नभएका कारण पढ्न पाएनन् सात जना बालबालिका

  • भाद्र १६, २0७६
  • 0
...

किशोर पासवान
कञ्चनपुर, भदौ १५ गते ।
कञ्चनरुप नगरपालिका–८ स्थित मु्सहर बस्तीका ६ जना महिला २ जना पुरुष नागरिकताबाट बंचित भएपछि ५ देखि ८ वर्षका ७ जना बालबालिको जन्म दर्ता भएको छैन ।
    कञ्चनरुप नगरपालिका ८ कञ्चनपुर स्थ्ति कार्यालय अगाडीकै मुसहर समुदायका ६ जना महिला २ जना पुरुष नागरीक्ता बाट वण्चित  ५ देखि ८ वर्ष सम्मका ७ जना बालबालिको जन्म दर्ता नरहेको पढाई बाट समेत बण्चित भएको हो । 
    नागरिकताबाट बञ्चित ललु सदा उनकी पत्नी लत्री देवी सदा, बिदेशी सदा पत्नी गिना देवी सदा,आशा देवी सदा,शुषिला सदा,अनिता देवी सदा अरुलिया देवी सदा समेतलाई नागरिकता भएको    छैन । 
    जन्म दर्ता नभएको बालवालिकाहरु  सुलेखा सदा, शिवानी सदा, रितेश सदा, जितेन सदा,शुष्मीता सदा,रोहित कुमार सदा,सरस्वती सदा, एस कुमार सदा समेतलाई जन्म दर्ता नरहेको स्थानियहरुले बताए ।
    स्थानिय ललु सदा पत्नी सहीत दुई छोरी १३ वर्षिया सुलेखा सदा र ५ वर्षिया शिवानी सदा समेतलाई जन्म दर्ता रहेको छैन । सोही ठाउको बिदेशी सदाको पत्नी सहित  १२ वर्षिया रितेश सदा ७ वर्षिय जितेन सदा र एक छोरी रितु सदा समेत जन्म दर्ता छैन । 
‘ जन्मदर्ता नभएकोले मेरो छोरा छोरी पढाईबाट वंिचत छ । स्थानीय बिदेशी सदाका अनुसार कैयौं पटक  नगरपालिकामा नागरिकताको सिफारीस माग्न जादा मेरो हजुर बुवाको नाम झगरुको सटामा झोगरु भएकाले र बुवाको मृत्यू दर्तामा सहि नगरेकोले नागरिकता नबनेको बताए ।
    अगामी भदौं १९ गते कञ्चनरुप नगरपालिका बालमैत्री नगर घोषणा हुदैँछ,तर जन्मदर्ता न भएकै अधारमा मुसहर समुदायका ७ जना बालबालिकाहरु विद्यालय जान पाएका छैनन् ।

प्रतिक्रिया