किशोर पासवान
कञ्चनपुर, भदौ १७ गते । विभिन्न एनजीओ र बैंकमा जागिर दिने भन्दै युवतीहरुलाई सामाजिक सञ्जाल र फोन मार्फत् प्रलोभन देखाई श्रृख्लाबद्ध लुटपाट र बलात्कारमा संलग्न सप्तरीको अग्नीसाइर कृष्णासवरण गाउँपालिका–२ सितापुरका सञ्जिव खड्का बताउने सन्तोषकुमार यादवलाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
प्रदेश नं.१को प्रहरी र सिबिआईको सहयोगमा कञ्चनपुरका प्रहरीले सोमबार सार्वजनिक गरेको हो । इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक मकेन्द्र कुमार मिश्रका अनुसार यादवले सोलुखुम्बु देखि कञ्चनपुर सम्मका युवतीहरुलाई जागिरको प्रलोभनमा फसाई लुटपाट गर्थे ।
डिएसपी मिश्रका अनुसार इलाका प्रहरी कार्यालयमा ६ जना महिलाले लिखीत उजुरी दिएको बताए । सामाजिक सञ्जाल मार्फत् युवतीहरुको फोन नम्बर लिने र फोन गरी जागिर दिने भन्दै आफनो गाउँमा बोलाउने अनि एकान्त स्थानमा लगेर युवतीहरुका मोबाइल, नगद र गरगहना लुटपाट गर्दे आएको प्रहरीको प्रराम्भीक अनुसन्धानमा खुल्न आएको छ ।
सन्तोष विरुद्ध उजूरी परेपछि प्रहरीले उनलाई पक्राउ गर्ने योजना बनाएको थियो । प्रहरीले यादवलाई विशेष सूचनाको आधारमा भदौ १४ गते मोरङको बुढीगंगा गाउँपालिका–३ नेमुवामा डेरामा बसिरहेका बेला नियन्त्रणमा लिएको डीएसपी मिश्रले जानकारी दिए ।
यादब विरुद्ध आधा दर्जन उजुरी परेको र त्यसबाहेक १ दर्जनभन्दा बढी घटनामा उनको संलग्नता देखिएको ईलाका प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी मकेन्द्रकुमार मिश्रले बताए। मिश्रका अनुसार प्रहरीमा दर्ता भएका उजुरीबाहेक अन्य १६ वटा घट्नामा आफनो संलग्नता रहेको यादवले स्वीकार गरेका छन्।
बलात्कार उद्योगका फरार अभिुक्त,थप ७ जनालाई जर्वजस्ती करणी गरेको स्वीकार यादव बलात्कार उद्योगमा यसअघि पनि पक्राउ परेका थिए। उनी फरार अभियक्त हुन्। ०७५ फागुनमा एक महिलालाई लुटपाट गरी बलात्कार गर्न खोजेको आरोपमा उनी विरुद्ध जिल्ला अदालत मोरङमा मुद्दा चलेको थियो। धरौटीमा रिहा भएका यादवलाई अन्तिम फैसला हुँदा १ वर्ष ६ दिनको कैद सजाय भए पनि उनले कैद भुक्तान नगरी फरार भएको ईलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। यादबले विराटनगरदेखी सप्तरीसम्म ७ जनाभन्दा बढी महिलासँग करणी गरेको स्वीकार गरेको र करिब ३ वर्षदेखि यस्तो धन्दा गर्दै आएको यादबले प्रहरी समक्ष बयान गरेको डिएसपी मिश्रको दाबी छ ।
आठ ओटा मोइबाईलदेखी आन्तरीक राजश्व विभागको स्टीगरसम्म बरामद ः
प्रहरीले सन्तोषको साथबाट ८ वटा मोबाइल, सुन र चाँदीका गरगहनाहरु , नगद ३४ हजार, सनराईज बैकको भिसा कार्ड, २ वटा चेकबुक, आन्तरिक राजश्व विभागको एक पोका स्टीकर,चक्कु, खुकुरी र छुरी बरामद गरेको छ ।
यादवले सामाजिक सञ्जाल ‘इमो’मार्फत् मुलुकका विभिन्न स्थानका महिला तथा युवतीहरूसँग सम्पर्क स्थापित गर्ने, रोजगारी दिने बहानामा सप्तरी, सुनसरी र मोरङका विभिन्न स्थानमा बोलाउने र लुटपाट तथा किशोरीहरूलाई बलात्कार गर्ने गरेका थिए।
महिलाहरूलाई विश्वासमा लिन यादवले ‘रोजगारी जब लिंक नेपाल’ नामको नक्कली संस्था श्रृजना गरी आफूलाई त्यसको म्यानेजर भएको बताउने गरेका थिए। प्रहरीबाट बच्न उनले आफ्नो नामसमेत परिवर्तन गरी सञ्जीव खड्का बताउने गरेका थिए।
प्रहरीलाई यसरी मिल्यो सफलता
सप्तरीको अग्निसाईर कृष्णासवरण गाउँपालिकास्थित सितापुर आसपासका क्षेत्रमा करिब २÷३ महिनाअघि देखि लुटपाटका घटना भइरहेको हल्ला थियो । कञ्चनपुर र नेपालगञ्जबाट आएका २ महिलाले आफूहरू लुटिएको जानकारी स्थानीयहरुलाई गराएपछि सूचना प्रहरी समक्ष पुगेको थियो ।
बाहिरबाट आएका मान्छे लुटिएको विषयमा गाउँलेले धेरै चासो राखेनन्। तर, प्रहरीले भने उक्त गुनासोलाई गम्भीरतापूर्वक लियो ।
पीडितसँग सम्पर्क स्थापित गर्ने र पीडकको खोजी गर्ने क्रममा प्रहरीलाई महत्वपूर्ण सुराक हात लाग्यो । पछिल्लो पटक यादवले इमोमार्फत् भदौ ७ गते सोलुखुम्बुकी विष्णु नपालीसँग सम्पर्क बढाएका थिए । एक बैंकमा रोजगारी खुलेको र आफ्नो संस्थामार्फत् जागिर पक्का गराइदिने भन्दै भदौ ११ गतेभित्र मोरङको कञ्चनवारी आईपुग्न भने ।
विष्णुले सोही कुरा आफ्नो साथी सुनसरीको बराहक्षेत्र नगरपालिका–८ की आशा राईलाई सुनाइन् । दुवै जना कन्चनबारी पुगे । तर आशा राईसँग उनको अभिभावक भएकोले उनलाई विराटनगरको एक होटेलमा राखरेर आशा राईलाई साझ ६ बजे पोखराको गाडीबाट राती करिब ९ बजे सप्तरीको सितापुर ल्याई पुर्याएको थिए ।
एनआईसी एसिया बैंकको राजविराज शाखामा रोजगारी जब लिंकको लेटरप्याडमा कर्मचारीमा नियुक्ति भएको र सोही अनुसारको तलबभत्ता दिनू’ भन्ने मनसायको बैंकलाई लेखेको पत्र देर्खापछि आशा पनि मख्ख परेका यादबसँग आएकी थिइन ।
राती करिब ९ बजे सप्तरी आएका यादवले आशालाई राजविराज नलगी सीतापुर आसपासमै लगेर लुटपाट गरे। भनेअनुसार नगरे अरु केटाहरू बोलाएर मारिदिनेसम्मको धम्की दिएपछि आशाले आफूसँग भएको गहना र नगद उनलाई नै बुझाइन्। ज्यान जोगिएपछि उनी स्थानीयकै सहयोगमा प्रहरी कार्यालयमा पुगिन्। प्रहरीले उनको बयान र फोन नम्बरका आधारमा यादवको खोजतालस सुरु गर्यो।
‘हामीले सीतापुरमै पक्राउ गर्ने योजना बनाएका थियौं। तर, त्यो योजना पूरा भएन,’ डिएसपी मिश्रले भने, ‘घरको करिव ३र४ सय मिटर अगाडि नै मोबाइल स्विच अफ गर्ने गरेकाले ट्रेस गर्न सकेनौं।’ तर, अन्य सुराक पत्ता लगाउँदै जाँदा उनलाई विराटनगरबाट पक्राउ गरिएको उनको भनाई छ।
यादवले यसअघि बैशाख ९ गते सिन्धुपाल्चोकको लिसंखु गाउँपालिका(१ की ३३ वर्षीया स्वस्थानी नेपाली, असार २६ गते कञ्चनपुरको पुनर्वास नगरपालिका(१ की १९ वर्षीया मिना बोहरा, साउन ८ गते बाँकेको नेपालगञ्ज उपमहनगरपालिका(५ की विपना कार्की (नाम परिवर्तन)लगायतका साथबाट ५ लाखभन्दा बढीको धनमाल लुटपाट गरेको प्रहरीमा रेकर्ड रहेको मिश्रले जानकारी दिए।
रातिको समयमा हाइवेमा एउटा जीपमा चढेर ईलाका प्रहरी कार्यालय रुपनी पुगेपछि यो घटना बाहिरएको थियो । सोही घटनाको अधारमा प्रहरी यादबलाई पक्राउ गर्न सफल भयो । इप्रका कञ्चनपुरले सोही सुराकलाई पछ्याउँदै प्रदेश प्रहरीको सहयोगमा यादवलाई पक्राउ गर्न सकिएको डिएसपी मिश्रले जानकारी दिए ।
प्रतिक्रिया