बालमैत्रीका नाममा कार्यकर्तालाई पेट्रोल:१५ किलोमिटर को लागि ३ लिटर पेट्रोल

  • भाद्र १८, २0७६
  • 0
...

कञ्चनरुप नगरपालिकाले बालमैत्री नगर घोषणा गर्ने भन्दै पार्टी निकटका व्यक्तिहरुलाई पेट्रोल वितरण गरेको छ । अधिकतम् १५ किलोमिटर ¥याली लगाए वापत कार्यकर्ताहरुलाई तीन–तीन लिटर पट्रोल बाकि अन्तिम पेजमा वितरण गरिएको थियो ।
    बालमैत्री घोषणा गर्नु दुईदिन अघि मंगलबार मोटरसाइकल ¥याली निकालिएको छ । ¥यालीमा एक २५ जना व्यक्ति मोटरसाइकल लिएर नगरपालिकाका घुमेका थिए । राजनीतिक पार्टीहरुले मौन अवधी सुरु हुनु अघि शक्ति प्रर्दशनका नाममा लाखौं खर्च गरे झै नगरपालिकाले एक्कासी मोटरसाइकल ¥याली निकालेपछि सर्वसाधरण चकित परेका थिए । नगरपालिकाको प्रेस सल्लाहकार उत्तम अर्चायले बालमैत्री नगर घोषणा समारोहकाबारे बढीभन्दा बढी व्यक्तिले जानकारी पाउन भन्ने उद्देश्यले  ¥याली निकालिएको बताए । नगरप्रमुख वसन्तकुमार मिश्रको नेतृत्वमा निसेको ¥याली वडासदस्यहरुले नेतृत्व गरेका थिए । ¥यालीमा सहभागीहरुलाई तीन–तीन लिटर पेट्रोल उपलब्ध गराइएको थियो । नगरपालिकाको कार्यालय अगाडीबाट सुरु भएको ¥याली बरमझिया महादेवपट्टीहुदै कञ्चनपुर बजार,मलेठ हुदैँ बक्सहा चौका गएर  समापन भएको थियो । नगरप्रमुखले भ्रष्टचार नगर्ने र गर्न पनि नदिने खोक्रो भाषण गर्ने तर १५ किलोमिटर हिडेपछि प्रत्येक मोटरसाईकललाई तीन लीटर पट्रोल दिने काम गरेर खुल्लमखुल्ला भ्रष्टाचार गरेको  नेपाली काग्रेसका क्षेत्रिय सभापति लललन प्रसाद गुप्ताले आरोप लगाए ।

प्रतिक्रिया