शिक्षकलाई मन्त्री पण्डितको सुझाव ः राजनीतिक गर्ने भए राजीनामा दिएर आउनुस

  • भाद्र २0, २0७६
  • 0
...

कञ्चनपुर,भदौ २० गते । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले सामुदायिक विद्यालयका शिक्षकहरुलाई राजनीतिक  गर्ने भए राजीनामा दिएर गर्न सुझाव दिएका छ्न ।
    विहिवार सप्तरीको कञ्चनरुप नपा–८ स्थित सर्वोदय माध्यमिक विद्यालय कंचनपुरमा कञ्चनरुप नगरपालिकालाई बालमैत्री नगर घोषणा गर्न आयोजित कार्यक्रममा सो कुरा बताएका हुन् । ‘कागज’मा कञ्चनरुप नपा नेपाल तेश्रो तथा प्रदेश नम्वर २ को पहिलो बालमैत्री नगर घोषणा भएको छ । 
    संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले सरकारले खटाएका ठाउँमा २१ दिन भित्र नपुग्ने कर्मचारीको जागिर समाप्त हुने बताएका छन् । सरकारले बुधबार मात्रै कर्मचारीलाई काममा खटाउने सम्बन्धमा नयाँ निर्णय गरेको  जानकारी दिँदै उनले भने, ‘जुन  कर्मचारीलाई जहाँ खटाइएको छ त्यहाँ अनिवार्य जानुपर्छ। उनीहरुले तलबरसेवासुविधा पनि त्यहीँबाट पाउने हुन्।’ 
सरकारको निर्णय बेवास्ता गर्ने  कर्मचारीको तलब, भत्ता र सुविधा समेत रोकिने उनको भनाइ थियो। ‘२१ दिनसम्म पनि तोकिएको ठाउँमा नपुग्ने  कर्मचारीको जागिर समाप्तिको बाटो सुरु हुने हो,’ उनले भने। मन्त्री पण्डितले लोकसेवा विज्ञापनको विषयलाई लिएर विगतमा भएको आन्दोलन भ्रम छर्नका लागि मात्रै भएको जिकिर पनि गरे। 
बालमैत्री स्थानीय तह घोषणाका लागि निर्धारित सूचकहरु १२ वटै वडाले  पूरा गरेपश्चात् नगरपालिकालाई बालमैत्री नगरपालिका भएको घोषणा गरिएको दावी गरिएको छ । 
    नगरपालिकाका मेयर वसन्त कुमार मिश्रले मुलुक संघीयतामा गएपछि कञ्चनरुप नगरपालिका नेपालको तेस्रो तथा प्रदेश २ को पहिलो बालमैत्री नगर भएको दाबी गरे । 
    बाल बचाऔं, संरक्षण, बाल विकास, बाल सहभागिता र संस्थागत विकास लगायतका मापदण्ड पूरा भएपछि बालमैत्री नगर घोषणा गरिएको उनले बताए । बालमैत्री स्थानिय शासन ऐन २०६८ ले निर्धारण गरे बमोजिम ३९ वटा सूचकहरु नगरपालिकाले पूरा गरिसकेको उनको भनाइ थियो। 
    बालसंरक्षण र विकासका लागि नगरपालिकाले पर्याप्त बजेट विनियोजन गरेको मेयर मिश्रले  जानकारी दिए । कञ्चनरुप नगरपालिकाका नगर प्रमुख बसन्त कुमार मिश्रको अध्यक्षता संचालन कार्यक्रममा संघिय सांसद सुमन राज्य प्याकुरेल,सरित गिरि,प्रदेश २ का प्रतिनिधि सभा सदस्य सुर्यनारायण यादव,नेकपा प्रदेश अध्यक्ष भरत महतो,जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख निरजन प्रसाद यादव,गैर सरकारी संस्था महासँघ सप्तरीका अध्यक्ष सम्भुनन्दन प्रसाद चौधरी,कञ्चनरु नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृति गोरखनाथ मिश्र,उपमेयर निरु पोखरेल र कञ्चनरुप नगरपालिका बाल संञ्जालकी सचिव प्रभा पौडेल लगायतका बक्ताहरुले आ–आफना मन्तब्य ब्यतm गरेका थिए । कार्यक्रम सञ्चालन भागवत यादव र भावना पौडेलले गरेकी थिईन । 

प्रतिक्रिया